साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खानेकुरामा पनि ल्याङल्याङ !

पहिले घिउ खानेले अहिले अर्काको जिउ खाइदिँदा स्वयं मृत्युवरण गर्नुपर्ने स्थिति बेहोरेका छन् । पाखुरा खैँचिने पाखुरा सुर्कने, पाखुरा बजार्ने, पाखुरा मुसार्ने, पाखुरा लुकाउने सबका सबले खाएको देख्ता पनि बिसओटा शताब्दी बेकम्मा भए ।

Nepal Telecom ad

ह्यारी ८० :

जताबाट पाए पनि खानुपर्छ । जे गरे पनि खानुपर्छ । जसरी पनि खानुपर्छ । जहाँ पनि खानुपर्छ । जसले जे गरे पनि नखाई बाँचिँदैन क्यारे ! खानाका प्रकार फरक फरक होलान्, मात्रा फरक होला, रङ, स्वाद र आकार फरक होला तर सबैले केही न केही खानैपर्छ । केही नभए पानी भए पनि खानुपर्छ । पानी नपाए हावा मात्रै भए पनि खानै पर्छ । हावा खाएन भने हावा खाइन बेर लाग्दैन । संसारकै सबैभन्दा प्रदूषित हावा किन नहोस् अरु बाहिर जानुपर्छ, हामी मिलेर खाने जति नेपालमै बसेर खानुपर्छ ।

आफ्नो देशमा बसेर हावा खायो भने कतै फ्याट्ट केही भइहालिन्छ कि ! देशैभरि मन्त्री नै मन्त्री छन्, खान पाइहालिन्छ क्यारे । प्रधानमन्त्री, मुख्य मन्त्री, सहायक मन्त्री, विभागीय मन्त्री, विनाविभागीय मन्त्री, राज्य मन्त्री कति मन्त्री कति ? आखिर तिनले पनि अरुले पाउने मन्त्री पद त आफैँले चाप्लुसी गरेर खाएकै हुन् । खानुस् खानुस्, खानसम्म खानुस् । यही हो मौका । औषधी खान परे पनि पाएको कुरा चाहिँ छोड्नुहुन्न है, खानै पर्छ । खानु हाम्रो पहिलो प्राथमिकतामा पर्ने विषय मात्र होइन, यो सनातनी परम्परा पनि हो । त्यही भएर खाना काल भन्नेले भनिरहे पनि खानका लागि डर कहिल्यै भएन । कसैले खाए, कसैले घिचे, कसैले ज्युनार गरे, कसैले हसुरे, आआफ्नो दर्जाअनुासर थैलो भरिरहे । निषेध गर्ने कोही भएन ।

हिजो हाम्रा पुर्खाले पनि खाएकै हुन् । अपवादमा कोही कोहीले नखाई नखाई पश्चिममा काँगडा र पूर्वमा टिस्टा पुगेको इतिहास पनि रहेछ । आज त खान पनि यति खाए कि त्यही महाकाली पारि जान नसकेको वारिको पनि जोगाउन नसकेको कुरा जगजाहेरै छ । भुँडी लागेपछि कसको के लाग्छ र । पाएजति हसुर्ने बानीले भुँडी भ्यात्त हुनु स्वाभाविकै हो । कोही कोहीका दाम्रा भुँडीले यति झुक्याउँछ कि विभिन्न वाद र विधिले तिनका आफ्ना भुँडी नबढे पनि आफ्नालाई हकार्ने र श्रीमतीपट्टिका सत्र पुस्तासम्मकाले डकार्ने बनाएका हुँदा रहेछन् । भातको थुप्रो वा रोटीका चाङको पहाडका अगाडि बसेर खानेकुराले गिज्याउँदा पनि लाजै नमानी खाने प्रवृत्तिको विकास भएको ऋण काढेर घिउ खाएकैले हो । आखिर बाँच्नका लागि खाएको भए पो, खानका लागि बाँचेकाले साम दाम दण्डभेद त अपनाउने भए नै ।

हाइसन्चोले बसेका खन्चुवाहरूले बाटाघाटाको नाममा, पाटीपौवाको नाममा, राहत र आहतका नाममा वेदना र संवेदनाका औसरमा अँगालो हालेको बहाना गर्दै भँगालोमा पारेर गलैँचा र फलैँचामा बसाउने भन्दै देवाधिदेवको पूजा गर्दै अन्त्यमा खाने काम गरे । आज चुरे भावरको खाए, हिमालको खाए, पहाडको खाए, हेर्दा हेर्दै तराईलाई कराईमा हालेर भुटी भुटी खाए । नपत्याए गरिबको ताउलो हेर्नुहोस् के फरक छ हिजो र आजमा । कोही जग्गा मागेर खाइरहेछन्, कोही पैसा मागेर खाइरहेछन्, कोही जागिर मागेर खाइरहेछन्, उपभोक्ता समिति गठन गरेर, तालिमको आयोजना गरेर, प्रस्ताव आह्वान गर्दै जिन्दगीभर एउटा न एउटा बहाना गरेर खानेले खाइरहेछन् । कसैलाई भने खानु न पिउनु पुर्पुराको चिनु भएको पनि छ । अर्का वर्ग छन् खाए खा नखाए घिच् । जसरी पनि खानै पर्ने बनाएको पीडा पनि कम्ती असह्य हुन्छ र ?

खाना कुनसँग कुन खाना खाने, सन्तुलित भोजन कसरी र कति खाने सोच्नुपर्ने हो तर सोचिएन । पोषणका लागि खानुपर्ने तर तानाबाना बुनेर शोषणका लागि खाने प्रवृत्ति साँच्चै नारकीय भएको भन्न सक्ने कोही छैनन् । सबका सब खानेभएपछि तैँ चुप मै चुप कि कसो ? पिठो पिँध्नेदेखि चामल बेच्नेसम्मले खानुपर्छ त पनि खानेकुरैले खाइसक्ता पनि खाइरहने हन्तकाली खोज्न कहीँ पुग्नुपर्दैन ।

शिक्षितभन्दा अशिक्षितमा जानेबुझेका भन्दा अबुझमा खानेप्रवृत्तिको अनुपात निकै न्यून देखिएको फतुरे काकाले फेला पारेका छन् । कतै कतै जाँगर न साँगर खाने बेला आँगर गर्ने प्रवृत्तिमा हुर्केका फतुरे काका अहिले यत्रतत्र सर्वत्र ऋँगर मात्र भेटेर हत्तुहरान भएका छन् । पर्खाइ पर्खाइ खुवाइदिनेदेखि थर्का थर्काइ खाइदिनेसम्मले भैरव अर्यालका भाटभटेनीका भुँडेकाजीदेखि फतुरे काकाका लुँडेकाजीसम्म सबैले चिनी हालेर, नहालेर, रातो, कालो, चिल्लो, पिरो, यो वा त्योको रोजीछाडीमा खानका लागि पर्खने र पाएपछि अरु भाँडमा जाऊन्, आफैँ सक्तो लिएर केही चाख्ने अनि सबै फ्याँक्ने विवाह व्रतबन्धको भिआइपी भोजजस्तो खाने संस्कारले अरूको गाँस खोसिरहेको छ भन्न कोही सक्तैनन् ।

खानेपिउनेको बहाना सफलताको सूचना मिलेपछि हो । लमीले खाने, दलालीले खाने, जिरादेखि किरासम्मकाले खाने, ऋण मिलाइदिनेले, ऋण दिने र ऋण लिने सबैले कतै न कतैबाट खाने भएकाले साहूले पनि ऋण दिँदा घिउ खाने भनेर काट्ने प्रवृत्ति अझ रहेको देखिन्छ । पहिले घिउ खानेले अहिले अर्काको जिउ खाइदिँदा स्वयं मृत्युवरण गर्नुपर्ने स्थिति बेहोरेका छन् । पाखुरा खैँचिने पाखुरा सुर्कने, पाखुरा बजार्ने, पाखुरा मुसार्ने, पाखुरा लुकाउने सबका सबले खाएको देख्ता पनि बिसओटा शताब्दी बेकम्मा भए । २१औँ शताब्दी पनि टुलुटुलु हेरिबसेको छ । कसैलाई घिच् र कसैलाई ज्युनार गरिबक्सियोस् भनिन्जेल खाने मुद्दाको छिनोफानो कहिल्यै हुँदैन, खानेकरामा पनि किन ल्याङल्याङ चलिरहन्छ ! कहिलेसम्ममा खानेहरूको समतामूलक व्यवस्थापन हुने होला खै !

०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८१ वैशाख २९ गते शनिबार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x