सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झोलेसँग दोहोरी

नेता फेर्न छैन है कठिन झोले फेर्न सारै भो कठिन बस भो भो त्यै झोला बोकेर, देश बेचुवाका मादलै ठोकेर ।

Nepal Telecom ad

केटीः-
झोले दाइ न बोक झोला
थोत्रो झोला फाल्दिए के होला
बस माया नेपाली साथैमा, रमाएर जुनेली रातैमा ।

झोलेः-
झोला बोक्ने भै सक्यो बानी
न बोकेर भन त के खानी ?
बस्छु म त नेताको साथैमा, रमाएर मासु र भातैमा ।

केटीः-
भाते बुद्धि छोडिदेऊ दाजु
नेतादेखि सबै छन् बिराजु
बस माया नेपाली साथैमा, हाँसी खेली जुनेली रातैमा ।

झोलेः-
जे जे भन जे सुकै गर
झोला छाड्ने कुरो चाहिँ नगर
बस्छु म त नेताको साथैमा, रमाएर मासु र भातैमा ।

केटी :-
नेता फेर्न छैन है कठिन
झोले फेर्न सारै भो कठिन
बस भो भो त्यै झोला बोकेर, देश बेचुवाका मादलै ठोकेर ।

०००
२०७९।५।३०। जाउलाखेल ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कवाडी र गफाडी

कवाडी र गफाडी

भक्तबहादुर नेपाली
काग र कोइली

काग र कोइली

भक्तबहादुर नेपाली
कुइरे पस्यो यो देशमा

कुइरे पस्यो यो देशमा

भक्तबहादुर नेपाली
हँस्यौलीका तीन खित्का

हँस्यौलीका तीन खित्का

भक्तबहादुर नेपाली
त्यो सिंह मर्दछ

त्यो सिंह मर्दछ

भक्तबहादुर नेपाली
दुःख पायौ मङ्गले, आफ्नै ढङ्गले

दुःख पायौ मङ्गले, आफ्नै...

भक्तबहादुर नेपाली
घुटुमा घुटु

घुटुमा घुटु

गाेपेन्द्रप्रसाद रिजाल
आमाको अल्छी सपना

आमाको अल्छी सपना

रमेश समर्थन
घुटुमा घुटु…

घुटुमा घुटु…

गाेपेन्द्रप्रसाद रिजाल