साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोलेनाथ आज्ञा गर्नुहुन्छ

भन्ने बित्तिकै ठाउँ हुनुपर्यो नयाँ ठाउँ खटाउन तर तिमीसँग एउटा बाटो छ यिनलाई हटाउन यिनलाई महिषासुरको जस्तो बरदान त  दियाछु तर यिनलाई सिद्धाउन पनि जनतालाई दियाछु ।

Nepal Telecom ad

एक दिन शिवजीलाई प्रार्थना गर्दै भने
हे प्रभु ! हाम्रो नेतालाई चाँडै उठाइदेऊ
अर्को लोक पनि त होला हजुरको
यिनीहरूलाई अब त्यतै खटाइदेऊ
स्वर्ग जस्तो देश, यिनले गर्दा नर्क जस्तो भाछ
मानौ यमराजको यमलोक नै यतैतिर आछ
यीबाट जनता मात्र हैन देश नै पीडित भाछ
यिनको उत्पति भएदेखि प्रभु !
जनताले न चैन पा छ, न सुख पा छ ।

भोलेनाथ बोले
उठाउने त हो
तर नेता बनाउन कम्ती गाह्रो छैन
एउटा बनाउन
हजारौँ चोर, डाँकाको आत्मा खोज्नुपर्छ
लाखौं भ्रष्टाचारी, घोसखोरीको आत्मा रोज्नुपर्छ
महान अपराधीहरूको आत्मा जोरेर बनाउनुपर्छ
हजारौँ लुटेरा, धुन्दुकारीको आत्माले मिलाउनुपर्छ
त्यत्रो मेहनत गरेर बल्लतल्ल एउटा धुन्दकारी नेता बन्छ
तिम्रो देशमा त यती धेरै नेता छन्
भन त हाम्रो लगानी कत्रो हुन्छ ?

मैले भने
अब थेग्नै नसक्ने भो प्रभु !
अहिले त झन यी बौलाका छन्
कहिले के निणर्य ठोक्छन् कहिले के निणर्य ठोक्छन्
कुकुरले जस्तो कहिले कलाई कहिले कलाई टोक्छन्
यीबाट जसरी हुन्छ छुट्कारा दिलाईदेऊ
कसरी हुन्छ एउटा मुक्तिको बाटो मिलाई देऊ ।

महादेवले भने
महिषासुर भन्दा मेहनत परेको छ यिनलाई बनाउन
ज्याद्रै छन यी नेता गाह्रो छ फेरि यिनलाई मनाउन
भन्ने बित्तिकै ठाउँ हुनुपर्यो नयाँ ठाउँ खटाउन
तर तिमीसँग एउटा बाटो छ यिनलाई हटाउन
यिनलाई महिषासुरको जस्तो बरदान त  दियाछु
तर यिनलाई सिद्धाउन पनि जनतालाई दियाछु

आउने मङ्सिर चार गते
कुनै महिषासुरको डर, भर नमानेर मत ठोक्नू
कङ्स, चन्ड, मुन्डहरूलाई संसद बन्नबाट रोक्नू
असुरहरूले अनेक लोभ लालच देखाउन सक्छन्
कोही जनता यसमा नपर्नू
सबले राम्रो विवेक प्रयोग गर्नू
यिनले चुनाव हारेपछि आफैँ सर्वनाश हुनेछन्
शक्तिहिन भए भने म्याउ गर्दै जनता हुन आउनेछन् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x