साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हँस्यौलीका तीन खित्का

पहाडको यो भिरपाखामा भैँसीले हान्यो भने त्योभन्दा डेञ्जर अरु के हुन्छ ? उनको जवाफ सुनेर अरु सबै शिक्षकहरू गलल्ल हाँसेछन् ।

Nepal Telecom ad

१. डेञ्जर माने भैंसी

आजभन्दा झण्डै साठी बर्ष अघिको कुरो हो । काठमाडौबाट एकजना शिक्षक भोजपुर सरुवा भएर गएछन् । ती शिक्षकले अंग्रेजी पढाउने सिलसिलामा डेञ्जर माने भैंसी भनि पढाएछन् । विद्यार्थीहरूले पनि डेञ्जर, डेञ्जर माने भैंसी भनी घोकिरहेको स्वर अर्का एकजना शिक्षकले सुनेछन् ।
अनि छक्क पर्दै सोधेछन्- “तिमीहरूलाई यो कस्ले पढाएको ?”

जवाफमा विद्यार्थीहरूले उनै काठमाडौँबाट गएका शिक्षकको नाम बताएछन् । अनि ती शिक्षकले काठमाडौंका
शिक्षकलाई सोधेछन्, डेञ्जर माने भैँसी कसरी भयो सर ?

ती शिक्षकले सहजै जवाफ दिएछन्- पहाडको यो भिरपाखामा भैँसीले हान्यो भने त्योभन्दा डेञ्जर अरु के हुन्छ ?

उनको जवाफ सुनेर अरु सबै शिक्षकहरू गलल्ल हाँसेछन् ।

२. भाषाको कुरा
तामाङ भाषामा “खाइनि बा” भन्नाले काँहा जाने भन्ने अर्थ बुझिन्छ । भोजपुरी भाषामा खैनी बा भन्नाले सूर्ति छ भन्ने बुझिन्छ । बोलेको सुन्दा उस्तै उस्तै लाग्छ ।

सिलगुडीबाट दार्जिलिङ जाने छुकछुके रेलमा एकजना बिहारी (उनको मातृभाषा बिहारी थियो) र अर्को तामाङ (उनको मातृभाषा तामाङ थियो) दार्जलिङ जान रेलको एउटै डिब्बामा परेछन् । रेल निकै बेर हिँडेपछि बिहारीलाई खैनी खान मन लागेछ र संगै बसेको तामाङलाई सोधेछ, “खैनी बा ?

जवाफमा तामाङले भने छ “दार्जलिङ निबा” अर्थात दार्जलिङ जाने । तामाङको कुरा सुनेपछि बिहारी अकमक्क पर्यो । अर्थात आग्राको कुरा गाग्रामा पर्यो । ऊ चुप लाग्यो तर उसलाई खैनीको तल्तल् खुबै सतायो र फेरि सोध्यो “खैनी बा ?”

तामाङले अलि ठुलो स्वरमा भन्यो “दार्जलिङ निबा ।” बिहारी फेरि अकमक्क पर्यो र चुप लाग्यो अरु कुरा भएन । होस् पनि कसरी ? एकले अर्काको भाषा नै नबुझेपछि ।

पहाडी उकालोमा चल्ने रेलको गति ढिलो र पट्यारलाग्दो थियो । बिहारीलाई दिक्क लागिरहेको थियो अनि उसले फेरि उही प्रश्न दोहोर्यायो “खैनी बा ?”

यसपटक तामाङलाई अती नै रिस उठेछ र बिहारीलाई झम्टन पुगेछ । बिहारी चिच्यायो । रेलमा एकाएक हङ्गामा भयो । डब्बाका मानिसहरू उनीहरूका वरिपरि जम्मा भए । तामाङलाई सोधे किन झम्टेको ? जवाफमा तामाङले भन्यो घरि-घरि, कँहा जाने, कहाँ जाने भनेर सोधिरहन्छ । दार्जलिङ जाने भनेर तीन चोटि भनि सकेँ तैपनि सोधिरहन्छ अनि रिस उठ्दैन त ?

तामाङको कुरा सुनी सकेपछि बिहारीलाई भनेछन् “किन तिमीले उस्लाई कहाँ जाने कहाँ जाने भनेर सोधिरहेको त ? जवाफमा बिहारीले भन्यो- मैले त सुर्ति छ कि पो भनेर सोधेको । दुबैजनाको कुरा बुजेपछि दुुबै थरिका भाषा जान्नेले दुबैजनालाई अर्थ बुझाई दिएपछि तामाङ र बिहारी पनि मरीमरी हाँसेछन् ।

३. प्यारे दोस्त, बेसरम, सुँअरके बच्चे खुब खाओ

सिक्मिमलाई भारतले लिए पछि भाारतको एक प्रतिनिधि मण्डल सिक्किम गएछ । उनीहरूको सम्मानमा सिक्किमेहरूले रात्री भोजको आयोजना पनि गरेछन् ।

हामीहरूकहाँ खसीको कवाफलाई विशेष प्रकारको मासु माने झैँ सिक्किमतिर गर्भिणी सुँगुरलाई चिरेर गर्भका पाठापाठीलाई झिकी मसलामा मोलेर तेलमा तारेर विशिष्ट खालको परिकार बनाइँदो रहेछ । उक्त परिकार पनि भोजमा राखिएको थियो । खाना अघि प्रतिनिधि मण्डललाई सम्बोधन गर्ने क्रममा सिक्किमेहरूले हिन्दीमा सम्बोधन गर्दै यसो भनेछन् :-

“प्यारे, दोस्त, बेसरम, सुअरके बच्चे, खुब खाओ ।” सिक्किमेहरूको त्यस्तो सम्बोधन सुनेपछि भारतीयहरू रिसले आगो भएछन् । यता सिक्किमेहरू पनि अचम्भित हुँदै सोधेछन्- “किन रिसाएको ?”

जवाफमा, भारतीयहरूले पनि भनेछन्- “हामीलाई लाज नभएका सुँगुरका बच्चा भनेपछि रिस उठ्दैन त ?”
यो बुझेपछि सिक्किमेहरूले अर्थ लगाउँदै भनेछन् :-

“प्यारे दोस्त माने प्यारा मित्रहरू । बेसरम माने लाज नमानि कन । हाम्रो विशिष्ट खाना सुँगुरको बच्चा खुव खानोस् पो भनेको त । सिक्किमेहरूको ब्याख्या सुनेपछि, भारतीयहरू पनि मरिमरि हाँसेछन् रे । अस्तु ।

जाउलाखेल, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवाडी र गफाडी

कवाडी र गफाडी

भक्तबहादुर नेपाली
झोलेसँग दोहोरी

झोलेसँग दोहोरी

भक्तबहादुर नेपाली
काग र कोइली

काग र कोइली

भक्तबहादुर नेपाली
कुइरे पस्यो यो देशमा

कुइरे पस्यो यो देशमा

भक्तबहादुर नेपाली
त्यो सिंह मर्दछ

त्यो सिंह मर्दछ

भक्तबहादुर नेपाली
दुःख पायौ मङ्गले, आफ्नै ढङ्गले

दुःख पायौ मङ्गले, आफ्नै...

भक्तबहादुर नेपाली
0
Would love your thoughts, please comment.x
()
x