साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

कस्तो विचित्रको शासनशेैली चलिरहेको छ देशमा, अहो ! सुशासनको कथा कमिसन भ्रष्टाचारको मसीले लेखिन्छ ।

Nepal Telecom ad

१.
कर र महङ्गी बढाउने बेलामा सरकार छेउमा देखिन्छ
भोकानाङ्गा जनताको आँसु पुछ्ने बेलामा कहाँ छेकिन्छ
कस्तो विचित्रको शासनशेैली चलिरहेको छ देशमा, अहो !
सुशासनको कथा कमिसन भ्रष्टाचारको मसीले लेखिन्छ ।
२.
कांगडा टीस्टा खुम्चिएर मेची काली बनेपनि
दसगजा र लिम्पियाधुरा करेसामा ढलेपनि
सत्तारूढ शासकवर्ग होशियार किन हुन्नन्
देशको अस्मिता जलाउने तातोहावा चलेपनि ।
३.
लोकतन्त्रको उज्यालो आफ्नै छायाले छेकेपछि
भोकापेटको कहानी सुनको कलमले लेखेपछि
चरीत्रहीन अधम संतान भन्न के को गाह्रो मान्नु
जानीजानी दुष्टखुट्टा आमाकै छातीमा टेकेपछि ।
४.
प्रेम थियो या बासना उनले निम्तो गरिन्
गोधूलिमा ढोकैदेखि पुष्पपत्र छरिन्
रातरानीले महकिंदै जब सुवास छर्यो
जुनेलीको उज्यालोमा अझै छेउमा सरिन् ।

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिहानको चमक

चिहानको चमक

बाबुराम न्यौपाने ‘उत्स’
चार थान ठोक्त्तक

चार थान ठोक्त्तक

बाबुराम न्यौपाने ‘उत्स’
थप्पडको गुन्जन

थप्पडको गुन्जन

बाबुराम न्यौपाने ‘उत्स’
खिचडी

खिचडी

बाबुराम न्यौपाने ‘उत्स’
खान्दानी मान्छे

खान्दानी मान्छे

बाबुराम न्यौपाने ‘उत्स’
प्रतिक्रिया

प्रतिक्रिया

बाबुराम न्यौपाने ‘उत्स’
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x