साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिक्रिया

कमरेडले छेउमा बसेका प्रजातन्त्रवादी नेतातिर पुलुक्क हेरेर, पत्रकारको प्रश्नको टेडोमेडो जवाफ दिए । जुलुसमा सहभागी जनताको प्रतिक्रिया थियो । “यी नेताहरू त शहीदको सपना कुल्चने बाघको छाला ओढेका छद्मवेशी कुटिल स्याल पो निस्किए...।”

Nepal Telecom ad

नेताको भाषणमा जनता सम्मोहित हुने वाकचातुर्यको जादू थियो । गरीब र बेरोजगार जनतालाई कसरी उत्तेजित गर्न सकिन्छ उनलाई राम्ररी थाहा थियो । नेता जनताको मनोभावसँग खेल्न माहिर थिए ।

जनताको पिठ्युँमा चढेर नेता सत्तामा पुगे । जनताको काँधमा बन्दुक राखेर पुरानो सत्ता ढाले । पार्टी सत्तारुढ भएर दुईदसक गुज्रिएको खुशियालीमा संयुक्त आमसभाको आयोजना भयो ।

नेताहरू पालैपालो बोलिरहेका थिए । एक कम्युनिस्ट नेता कुर्लिए ।
भाषणमा उही पुरानै कुरा थिए ।
“अब हामी पुँजीवादी व्यवस्थालाई इतिहासको चिहानमा पुर्ने छौं । शिक्षा स्वास्थ रोजगारीमा सबै जनताको समान हक स्थापित हुनेछ । विश्वका विस्तारवादी र साम्राज्यवादी शक्तिलाई तह लगाउने छौं । गरीब र श्रमजिवीको राज्यसत्ता बनाउने छौँ । देशलाई छिट्टै सिंगापुर र स्वीट्जरल्यान्ड बनाउने छौं… ।”

भीडमा खासखुस सुरु भयो ।
“यो नेताको छोरो त पुँजीवादी देश अमेरिकाको महंगो कलेजमा पढ्दै छ त ।”
अर्कोले भन्यो “ऊ ! त्यो अर्को प्रजातन्त्रवादी नेताकी छोरी बेलायतमा पढ्दैछे …।”

भाषण सकिएपछि पत्रकारले ती कम्युनिस्ट नेतालाई प्रश्न गरे ।
“तपाईंका छोराछोरी कहाँ पढ्छन्, नेताज्यू ?”
कमरेडले छेउमा बसेका प्रजातन्त्रवादी नेतातिर पुलुक्क हेरेर, पत्रकारको प्रश्नको टेडोमेडो जवाफ दिए ।

जुलुसमा सहभागी जनताको प्रतिक्रिया थियो ।
“यी नेताहरू त शहीदको सपना कुल्चने बाघको छाला ओढेका छद्मवेशी कुटिल स्याल पो निस्किए…।”

०००

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चिहानको चमक

चिहानको चमक

बाबुराम न्यौपाने ‘उत्स’
चार थान ठोक्त्तक

चार थान ठोक्त्तक

बाबुराम न्यौपाने ‘उत्स’
थप्पडको गुन्जन

थप्पडको गुन्जन

बाबुराम न्यौपाने ‘उत्स’
खिचडी

खिचडी

बाबुराम न्यौपाने ‘उत्स’
खान्दानी मान्छे

खान्दानी मान्छे

बाबुराम न्यौपाने ‘उत्स’
पाँचवटा ठोक्तक

पाँचवटा ठोक्तक

बाबुराम न्यौपाने ‘उत्स’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x