साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँचवटा ठोक्तक

Nepal Telecom ad

१.
आँखा बन्द गरेर हो कि पढ्नु पर्ने
कि सर्बाङ्ग नाङ्गो हिउँमा लड्नु पर्ने
विद्वान पनि झुण्डमै अल्झिएपछि
यो युग कसरी हो अगि बढ्नु पर्ने ।

२.
पातलो पर्दाले छ छेकेको
आँखीझ्यालबाट देखेको
जसले जेसुकै सोचुन् तर
जस्ताको तस्तै हो लेखेको ।

३.
राजनीतिको विकृति साहित्यमा पनि सुटुक्क छिर्दैछ
खादा माला देखावटी भद्दा तामझामले साख गिर्दैछ
ढोका चहार्दै पुस्तक बाँडेर साहित्यकार बन्नु परेपछि
साहित्यकारको अस्वस्थ लबिङले साहित्यलाई पिर्दैछ ।

४.
जताततै विकृतिको पहाड उठाएर
जनता जनता आपसमा फुटाएर
फुटाउ राजगरको नीति लिन्छौ किन
शान्तिभूमिमा शान्तिकै मणि लुटाएर ।

५.
शक्ति सत्ता र पैसाको नाङ्गो नाच चलेको छ
गरीबको पेटमा भोकको आगो बलेको छ
कुनैदिन तिमीले उठाएको सुशासनको झण्डा
आज लाजमर्दो गरि तिम्रै बलेसीमा ढलेको छ ।

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिहानको चमक

चिहानको चमक

बाबुराम न्यौपाने ‘उत्स’
चार थान ठोक्त्तक

चार थान ठोक्त्तक

बाबुराम न्यौपाने ‘उत्स’
थप्पडको गुन्जन

थप्पडको गुन्जन

बाबुराम न्यौपाने ‘उत्स’
खिचडी

खिचडी

बाबुराम न्यौपाने ‘उत्स’
खान्दानी मान्छे

खान्दानी मान्छे

बाबुराम न्यौपाने ‘उत्स’
प्रतिक्रिया

प्रतिक्रिया

बाबुराम न्यौपाने ‘उत्स’
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x