साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थप्पडको गुन्जन

स्वार्थी र पाखण्डी !! सहानुभूतिको भोट लिन श्रद्धाञ्जलीको बहानामा उपस्थित भएर देखावटी समवेदना देखाउँछौ । हस्पिटलमा औषधी र अक्सिजन नपाएर जनता मरिरहेको टुलुटुलु हेर्न लाज लागेन ।

Nepal Telecom ad

विश्वव्यापी महामारीले गाउँशहर सबैतिर नराम्ररी गाँजेको थियो । यस्तै परिस्थितिमा गाउँका युवा उपेन्द्र पनि महामारीको चपेटामा परे।सरकारी निषेधाज्ञाको कठिन समयमा जसोतसो उनलाई हस्पिटल पुर्‍याइयो ।

हस्पिटलमा शैयाको अभावले उनको उपचार भुईंकै बेडमा राखेर गरियो । उनको स्वास्थ झनझन बिग्रदेैगयो ।

डा. रमाकान्त उपेन्द्रका आफन्तलाई भन्दैथिए ।
“तपाईंहरूको बिरामीलाई तत्काल अक्सिजन दिनुपर्छ । हामीसँग अक्सिजन मौज्दात छैन । तुरुन्त अन्यत्रबाट व्यवस्था गर्नुहोला ।” डाक्टरले लाचारी जनाए ।

उपेन्द्रका आफन्त साथीभाइ अक्सिजनको खोजिमा लागे । संघसंस्था र चिनेजानेका नेतासँग हारगुहार गरे पार लागेन ।
आखिर उपेन्द्रको मृत्यु भयो ।

कोभिडबाट हुने मृतकलाई सिधै घाटसम्म लगिदिने व्यवस्था अनुसार उपेन्द्रको पार्थिव शरीरलाई पनि कर्मचारीद्वारा घाटसम्म पुर्‍याइयो ।

घाटमा मलामीहरू परपर बसेका थिए । माम्छे- मान्छेको स्पर्श विष बनेको थिया े। सेतो एप्रोनले ढाकिएका मानिसबाट मृतदेहको दाहसंस्कार गरियो । आफन्तले छुनसम्म पानन् ।

उपेन्द्रको देहावसानको चौथो दिन चिल्लो गाडीमा झण्डा फहराउँदै पार्टीको तर्फबाट समवेदना व्यक्त गर्न एकमन्त्री आए ।

उपस्थित मानिसका सामुन्ने मन्त्रीले भाषण छाँट्न थाले । भीडमा एकजोशिली अधवैसे नारीलाई मन्त्रीको झुटो भाषण सुनेर खपिनसक्नु भयो ।

मन्त्रीका सामुन्ने खडाभइन् र भाषण छाँट्दैगरेका मन्त्रीलाई पटापट थप्पड हानिन् ।
चारैदिशा छिचोलेर थप्पडको गुन्जन मखमलीसत्ताको मेहफिलसम्मै गुन्जियो ।

उनी गर्जना गर्दैथिइन् !
“स्वार्थी र पाखण्डी !! सहानुभूतिको भोट लिन श्रद्धाञ्जलीको बहानामा उपस्थित भएर देखावटी समवेदना देखाउँछौ । हस्पिटलमा औषधी र अक्सिजन नपाएर जनता मरिरहेको टुलुटुलु हेर्न लाज लागेन । गरीबको आँसुमा पौडीखेलेर सधैं लासमाथि घृणित राजनीति गर्छौ। सुशासन के हो कहिल्यै नसिक्ने आडम्बरी थेत्तरा नेता ….।”

छेउमा मन्त्रीका अङ्गरक्षक आलटाल गरेर मनोसम्वाद गर्दैथिए ।
“आँटी रहिछिन् ! एककिसिमले त महिलाले ठिकै गरिन् ।”

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चिहानको चमक

चिहानको चमक

बाबुराम न्यौपाने ‘उत्स’
चार थान ठोक्त्तक

चार थान ठोक्त्तक

बाबुराम न्यौपाने ‘उत्स’
खिचडी

खिचडी

बाबुराम न्यौपाने ‘उत्स’
खान्दानी मान्छे

खान्दानी मान्छे

बाबुराम न्यौपाने ‘उत्स’
प्रतिक्रिया

प्रतिक्रिया

बाबुराम न्यौपाने ‘उत्स’
पाँचवटा ठोक्तक

पाँचवटा ठोक्तक

बाबुराम न्यौपाने ‘उत्स’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x