साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खान्दानी मान्छे

श्रीमतीले मलाई घुर्दै सभ्यताको मर्ममा चोटलाग्ने गरि कटाक्ष गरिन् । “यिनीहरू हजुरभन्दा धेरै पढेलेखेका शिक्षित र सभ्य परिवारका खान्दानी मान्छे हुन्, हजुरलाई के थाहा ? आधुनिकता र स्वतन्त्रताको गुह्य कुरा...।”

Nepal Telecom ad

 

बाहिर झमझम पानी परिरहेको थियो।म अध्यायन कोठामा देवकोटाको सुलोचना महाकाव्य पढिरहेको थिएँ । श्रीमती बढो प्रफुल्ल मुद्रामा मेरो छेउमा आइन् ।

“पतिदेव कति किताबको कीरा बन्ने हो।यसो हामीलाई पनि समय मिल्छ कि ?”
मैले किताब बन्द गरेँ ।

“लु म फुर्सदमा छु, भन के पर्यो त्यस्तो !!”
उनले सामाजिक सञ्जालमा पोस्ट भएका केही तस्बिरहरू देखाउँदै भनिन् ।
“आधुनिक समाज कति अगि बढिसक्यो । हाम्रो पुरातन सोच भने जहाँको तहीँ छ । हाम्री छोरीको विवाहमा पनि यस्तै गर्नुपर्छ ।लु यो हेर्नू त !!”

एउटा पोस्टमा विवाहमा भएको फजुल खर्चको तामझामका तस्बिरहरू थिए । साथै सम्धिनी भेटका लागि सजाइएको सामानमा दर्जनौं किसिमका मिठाइ, गरगहनाको सेट, खानेकुराका परिकार, महङ्गा कपडाका थान आदि सजाइएका थिए ।

अर्को पोस्टमा तीजपर्वको बहानामा गरगहनाको भद्दा पहिरन सँगसँगै महङ्गा होटल, रिसोर्टमा गरिएका अस्वस्थ्यकर खानपिन र समाजमा विकृति फैलाउँने गीतमा लयहीन नृत्य गर्दैगरेका उत्ताउला दृश्यहरू थिए ।

मैले मेरी सामाजिक अगुवा कहलिएकी शिक्षित श्रीमतीको अनुहारमा नियाल्दै भनेँ ।
“प्रिया !! संस्कार, संस्कृति र चाडपर्वका आफ्नै मौलिक विशिष्ट तत्व र विशेषताहरू हुन्छन् । यो त सामाजिक सञ्जालको दुरुपयोग गरेर हुनेखाने सफेदपोसहरूले समाज र सभ्यतालाई विकृत बनाउने गरि प्रदर्शन गरेको देखावटी रवाफ पो हो त । यस्तो पाराले त हाम्रा चाडपर्व, संस्कार संस्कृतिका राम्रा र रमाइला पक्षहरूको जगनै भत्कन्छ । गर्विलो परम्परा मेटिन्छ । सामाजिक सद्भाव र सहिष्णुतामा बिचलन ल्याउँछ…..।”

मेरो कुरा सकिएकै थिएन ।
श्रीमतीले मलाई घुर्दै सभ्यताको मर्ममा चोटलाग्ने गरि कटाक्ष गरिन् ।
“यिनीहरू हजुरभन्दा धेरै पढेलेखेका शिक्षित र सभ्य परिवारका खान्दानी मान्छे हुन्, हजुरलाई के थाहा ? आधुनिकता र स्वतन्त्रताको गुह्य कुरा…।”

अब मसँग भन्नुपर्ने कुनै जवाफ र तर्क थिएन ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चिहानको चमक

चिहानको चमक

बाबुराम न्यौपाने ‘उत्स’
चार थान ठोक्त्तक

चार थान ठोक्त्तक

बाबुराम न्यौपाने ‘उत्स’
थप्पडको गुन्जन

थप्पडको गुन्जन

बाबुराम न्यौपाने ‘उत्स’
खिचडी

खिचडी

बाबुराम न्यौपाने ‘उत्स’
प्रतिक्रिया

प्रतिक्रिया

बाबुराम न्यौपाने ‘उत्स’
पाँचवटा ठोक्तक

पाँचवटा ठोक्तक

बाबुराम न्यौपाने ‘उत्स’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x