साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिहानको चमक

जताततै हल्ला छ सडक, सदन, चोकचोक र मञ्च मञ्चमा उभिएर क्रान्तिका बिरामी नायकहरू आफ्नै मलामी जान चिच्याई चिच्याई अनौठो उर्दी जारी गरिरहेका छन् ।

Nepal Telecom ad

बाबुराम न्यौपाने ‘उत्स’ :

उनीहरू आफै मलामी गएर
इतिहासको गहिरो चिहानमा
मिल्काएको
श्रीपेचको अनौठो चमकबाट
अझै किन तर्सदै छन्
मञ्चमा कुर्लने यी क्रान्तिवीरहरू ।

सेनाको बंकरभित्र लुकेर
शान्तिको उपदेश फलाक्नेहरू
सुन !!
इमानको चमक हराएपछि
युग नायकहरू पनि
आत्मविश्वास गुमाइसकेको
रणभूमिको योद्धा जस्तो बन्छन् ।

के क्रान्तिका गगनभेदी नारा
बिहानी पख खोला बगरमा
हल्ला मच्चाउने
तुलिगाँडाका कर्कस गीत थिए ?

झरनाको मधुर संगीतमा
सुसेली हाल्ने गाउँ बेंसी
आज
पति जिउँदो छँदै
जवान विधवाको जस्तो
उराठीलो निरस जीवन
काखी च्यापेर बाँचेका छन्
जीवन्त शहर
सुहाग रातमा
सुटुक्क जस्केलो खोलेर
बेहुली पोइल हिंडेको
बेहुलाको
मार्मिक नियति व्यहोरिरहेको छ ।

धुलो जमेको हीराको श्रीपेच
म्युजियमको भव्य पटाङ्गिनीमा
सपनामा हो या विपनामा
कल्पिरहेको छ
लाग्छ
इतिहासको चिहान उधिनेर
धुलो उडाउने
शक्तिशाली आँधीको प्रतिक्षामा छ ।

किन कुनै चोकमा देखिदैनन्
न्याय प्रगति र शान्तिका
अग्ला स्वणर् स्तम्भहरू
कस्तो अचम्म !!
जताततै हल्ला छ
सडक, सदन, चोकचोक र
मञ्च मञ्चमा उभिएर
क्रान्तिका बिरामी नायकहरू
आफ्नै मलामी जान
चिच्याई चिच्याई
अनौठो उर्दी जारी गरिरहेका छन् ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार थान ठोक्त्तक

चार थान ठोक्त्तक

बाबुराम न्यौपाने ‘उत्स’
थप्पडको गुन्जन

थप्पडको गुन्जन

बाबुराम न्यौपाने ‘उत्स’
खिचडी

खिचडी

बाबुराम न्यौपाने ‘उत्स’
खान्दानी मान्छे

खान्दानी मान्छे

बाबुराम न्यौपाने ‘उत्स’
प्रतिक्रिया

प्रतिक्रिया

बाबुराम न्यौपाने ‘उत्स’
पाँचवटा ठोक्तक

पाँचवटा ठोक्तक

बाबुराम न्यौपाने ‘उत्स’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x