साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिले पुरस्कृत गर्नुहोस्

समितिका सप्पैले अरुलाई दिन मानिरहेका छैनन् भन्नुस् । मैले नाइँनास्ती गर्दा गर्दै पनि हो भनेजस्तो गर्छु । अनि सार्वजनिक गर्नुहोला ।” पुरस्कारको विधि र तरिकाबारे जिल्ला अध्यक्षलाई सबै कुरा सिकाएर पठाउन खोजे ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

“हजुर, अहिले ठाउँमा हुनुहुन्छ । कम्तीमा जिल्ला प्रतिनिधिमा मलाई नियुक्ति दिनुहोस् ।” नाताको लहरो तन्काउँदै जाँदा आफन्त भेटिन पुगेका केन्द्रीय प्रमुखनेर विन्ती बिसायो उसले ।

हाकिमलाई पहिले नै थाहा थियो । कसले के माग्छ र कसले के दिन्छ । पदमा रहुञ्जेल त हो नि, कसैले पुछ्ने । हाकिमले भने- “तपैँ पनि जिल्लाको अदक्षे हुनुहुन्छ के रे । तपैँ अदक्षे रहेको संस्थाले दिने त्यो पुरस्कार मलाई दिनोस् । अनि म विचार गर्छु ।”

“हस् हजुर । म जिल्ला गएर मिलाइहाल्छु । म अ‍ैले नै हजुरलाई त्यो पुरस्कार समर्पण गर्ने निणर्य गर्दिएँ । बरु मर्जी होस्, कैलेतिर सबारी हुन्छ जिल्लामा ? कि यहीँ ल्याएर टक्र्याऊँ ?” पुरस्कार दिएपछि आफ्नो नियुक्ति हुने देखेपछि तुरुन्तै उसले स्वीकार गर्‍यो ।

“एस्सो जिल्ला जानोस्, मिटिङमा प्रस्ताव गरेजस्तो गर्नोस् । तेहीँबाट मलाई फोन गर्नुहोला । म पैला नाइँ गरेजस्तो गर्छु । तपैँले हाम्रो पुरस्कारको जम्मै क्राइटेरिया हजुरको मात्र मिलेको छ । समितिका सप्पैले अरुलाई दिन मानिरहेका छैनन् भन्नुस् । मैले नाइँनास्ती गर्दा गर्दै पनि हो भनेजस्तो गर्छु । अनि सार्वजनिक गर्नुहोला ।” पुरस्कारको विधि र तरिकाबारे जिल्ला अध्यक्षलाई सबै कुरा सिकाएर पठाउन खोजे ।

“हुन्छ हजुर । अनि मेरो नियुक्ति … … ” उसको बार्गेनिङको कुरालाई रोक्दै हाकिमले फेरि भने “धैर्य र सन्तोष गर्नोस् । पैले देउतालाई चढाएर अनि मात्र प्रसाद खाने हाम्रो संस्कृति हो ।” हातको इसाराले ढोकातिर देखाउँदै हाकिमले डोरबेलको स्वीच थिचे ।

जिल्ला अध्यक्ष मानसिक मुस्कानसहित बाहिर निस्के । अर्को मानिस हाकिमको कोठाभित्र छिर्दै गर्दा हाकिमको म्यासेज आयो । मोबाइल खोलेर हेरे ।

पुरस्कारसँगै दिइने सम्मानपत्रको ड्राफ्ट रहेछ ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x