सञ्जय साह मित्रपहिले पुरस्कृत गर्नुहोस्
समितिका सप्पैले अरुलाई दिन मानिरहेका छैनन् भन्नुस् । मैले नाइँनास्ती गर्दा गर्दै पनि हो भनेजस्तो गर्छु । अनि सार्वजनिक गर्नुहोला ।” पुरस्कारको विधि र तरिकाबारे जिल्ला अध्यक्षलाई सबै कुरा सिकाएर पठाउन खोजे ।

सञ्जय साह मित्र :
“हजुर, अहिले ठाउँमा हुनुहुन्छ । कम्तीमा जिल्ला प्रतिनिधिमा मलाई नियुक्ति दिनुहोस् ।” नाताको लहरो तन्काउँदै जाँदा आफन्त भेटिन पुगेका केन्द्रीय प्रमुखनेर विन्ती बिसायो उसले ।
हाकिमलाई पहिले नै थाहा थियो । कसले के माग्छ र कसले के दिन्छ । पदमा रहुञ्जेल त हो नि, कसैले पुछ्ने । हाकिमले भने- “तपैँ पनि जिल्लाको अदक्षे हुनुहुन्छ के रे । तपैँ अदक्षे रहेको संस्थाले दिने त्यो पुरस्कार मलाई दिनोस् । अनि म विचार गर्छु ।”
“हस् हजुर । म जिल्ला गएर मिलाइहाल्छु । म अैले नै हजुरलाई त्यो पुरस्कार समर्पण गर्ने निणर्य गर्दिएँ । बरु मर्जी होस्, कैलेतिर सबारी हुन्छ जिल्लामा ? कि यहीँ ल्याएर टक्र्याऊँ ?” पुरस्कार दिएपछि आफ्नो नियुक्ति हुने देखेपछि तुरुन्तै उसले स्वीकार गर्यो ।
“एस्सो जिल्ला जानोस्, मिटिङमा प्रस्ताव गरेजस्तो गर्नोस् । तेहीँबाट मलाई फोन गर्नुहोला । म पैला नाइँ गरेजस्तो गर्छु । तपैँले हाम्रो पुरस्कारको जम्मै क्राइटेरिया हजुरको मात्र मिलेको छ । समितिका सप्पैले अरुलाई दिन मानिरहेका छैनन् भन्नुस् । मैले नाइँनास्ती गर्दा गर्दै पनि हो भनेजस्तो गर्छु । अनि सार्वजनिक गर्नुहोला ।” पुरस्कारको विधि र तरिकाबारे जिल्ला अध्यक्षलाई सबै कुरा सिकाएर पठाउन खोजे ।
“हुन्छ हजुर । अनि मेरो नियुक्ति … … ” उसको बार्गेनिङको कुरालाई रोक्दै हाकिमले फेरि भने “धैर्य र सन्तोष गर्नोस् । पैले देउतालाई चढाएर अनि मात्र प्रसाद खाने हाम्रो संस्कृति हो ।” हातको इसाराले ढोकातिर देखाउँदै हाकिमले डोरबेलको स्वीच थिचे ।
जिल्ला अध्यक्ष मानसिक मुस्कानसहित बाहिर निस्के । अर्को मानिस हाकिमको कोठाभित्र छिर्दै गर्दा हाकिमको म्यासेज आयो । मोबाइल खोलेर हेरे ।
पुरस्कारसँगै दिइने सम्मानपत्रको ड्राफ्ट रहेछ ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































