सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वरिष्ठ भैंसीगोठालो

भैंसीको ढाडबाट खसेर एउटा प्रधानमन्त्री भयो भैंसीकै ढाडबाट खसेर अर्को राष्ट्रपति भयो अफसोच मेरा बा चाँहि भैंसीको ढाडबाट खसेर घाइते मात्र भए जीवनभर घाइते मात्र भए !

Nepal Telecom ad

शिव पलाँस :

बहत्तर बर्ष भयो
भैंसीको गोबर सोहोरेको
काभ्रोको रुखबाट खसेर
अस्ति झन्डै मरेनन् बा
के भैंसी पाल्न सजिलो छ ठानेका छौ ?
वास्तवमा
यो देशको वरिष्ठ भैंसी गोठालो
मेरा बा हुन् ।
तथापी
जिउँदो भैंसीको नाममा
एक रुपियाँ अनुदान कहिल्यै खाएनन्
मरेको भैंसीको नाममा
एक रुपियाँ क्षतिपूर्ति कहिल्यै पाएनन्
बहत्तर बर्षमा
कति भैंसी बेचे होलान् ?
कति राँगो किने होलान् ?
तिमी चाँहि
हिजो किनेको राँगोको
आत्मकथा लेखेर बस !
हा हा हा हा
गाई चराउदा चराउदै एउटा सांसद भयो
बाख्रा डुलाउदा डुलाउदै एउटा मन्त्री भयो
सर्प खेलाउदा खेलाउदै एउटा कुबेर भयो
भैंसीको ढाडबाट खसेर एउटा प्रधानमन्त्री भयो
भैंसीकै ढाडबाट खसेर अर्को राष्ट्रपति भयो
अफसोच
मेरा बा चाँहि
भैंसीको ढाडबाट खसेर
घाइते मात्र भए
जीवनभर घाइते मात्र भए !
नक्कली गोठालाहरु कहाँ पुगे
सक्कली गोठालाहरू कहाँ छुटे
के कसैले हिसाब राखेको छ ?

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

शिव पलाँस
तीन मुक्तक

तीन मुक्तक

शिव पलाँस
केही ठोकान

केही ठोकान

शिव पलाँस
तीन चड्कन

तीन चड्कन

शिव पलाँस
पाखण्डको रङ्ग

पाखण्डको रङ्ग

शिव पलाँस
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल