
तीन ठाेक्तक
यदि तालु खुइलिनु मात्रै विद्वान हुनु हो भने मलाई पनि विद्वानको दर्जामा हाल्दिए हुन्छ ।

शिव पलाँस :
१.
शहरले गाउँघरलाई हेप्नु नयाँ विषय होइन
डिट्ठाले परिचरलाई हेप्नु नयाँ विषय होइन
हाम्रै समाजको प्रतिबिम्ब त हो शासक पनि
कोटले स्विटरलाई हेप्नु नयाँ विषय होइन ।
२.
देउरालीको पिपल, शमी काटेर फालियो
भन्ज्याङको ठाँटी पनि भत्काउन थालियो
विकासको भूत यसरी सवार हुन लाग्यो कि
आफ्नै आँगनमा ल्याएर डोजर हालियो ।
३.
एउटा फोटो मेरो पनि पर्चामा हाल्दिए हुन्छ
मलाई पनि तालीको वर्षामा हाल्दिए हुन्छ
यदि तालु खुइलिनु मात्रै विद्वान हुनु हो भने
मलाई पनि विद्वानको दर्जामा हाल्दिए हुन्छ ।
०००
अमेरिका
Subscribe
Login
0 Comments
Oldest