साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेरिमा मान्छे !

तेरिमा मान्छे ! ऊ जेसँग जे पनि मिसाइदिन्छ आफूलाई सत्य र सहि साबित गर्न मान्छे पानीमा तेल र तेलमा पानी घोल्न खोज्छ ।

Nepal Telecom ad

सुरेश राई :

मान्छे एक
नसकिने जात रहेछ
धर्मको प्रश्नमा
‘विज्ञानले समेत यसो भनेको छ’ भन्छ
र विज्ञान टेकेर तर्क गर्छ ।
विज्ञानको कुरा उठायो
‘शास्त्रमा पनि यस्तो छ’ भन्छ
र धर्म देखाएर तर्क गर्छ ।

ल आऊ तर्क गरौँ भन्यो
प्रेम घुसाएर जवाफ दिन्छ
ल आऊ प्रेम भए प्रेमै सहि भन्यो
फेरि प्राक्टिकल बन् भन्छ
प्राक्टिकल भएर व्यबहारिक कुरा गर्यो
तँ सिद्धान्तमा चिप्लिस् भन्छ
ऊ घरी सिद्धान्त केही होइन भन्छ
ऊ घरी पैसा केही होइन भन्छ
कहिले डिभी परेन भनेर रुन्छ
कहिले अमेरिकालाई छि:छि: भन्छ

तेरिमा मान्छे !
ऊ जेसँग जे पनि मिसाइदिन्छ
आफूलाई सत्य र सहि साबित गर्न
मान्छे पानीमा तेल
र तेलमा पानी घोल्न खोज्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x