साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यूटोपिया !

एक, यहाँ चुनाव हुन्न। दुई, यहाँ राजनीति छैन। तीन, यहाँ कुनै घर पनि रित्तो छैन । यहाँ चियागफ हुन्न। चिया पसल पाउनुहुन्न । फुर्सद दुई दिन, लाइब्रेरीमा । कोही पनि बेरोजगार छैन। खेती मनग्गे, अनिकाल छैन ।

Nepal Telecom ad

धनराज गिरी :

भाइरल भयो एउटा गाउँ, अचम्मको गाउँ, आजादनगर! हेर्न जाने सल्लाह भयो सुकर्म टोलमा,टोली नेता “प्रोफेसर गोपीनाथ लीलेश्वर गजलोपाध्याय” साथमा सरस्वतीनन्दना अन्जना, प्रा डा, अन्जनाकान्त प्रा डा सुकारातेश्वर आशुतोष दमकश्री, रमाकान्त कैलाशपति परिचित अनुहार,आजका अर्जुन, महेश विवेकोपाध्याय, जोरानिता पन्थीकोइरालोपाध्याय र शशी, गोविन्दानुजा, अनि हरि गौतमजी र सुमित्रानन्दन वियोगी वालिङे ! एउटा माइक्रो रिजर्व, बिहानै कलङ्कीबाट प्रस्थान।

“नेपाली साहित्यको मूलबाटो अब कुन होला गुरुदेव?” वियोगी, बाटोमा। उनको सङ्केत अन्जनाकान्ततिर “साँढे बाइस हो भाइ, यी वनमाराहरूले भ्याए। लिलीको चिया पसलमा गजल सुनाएर। भुस उत्पादन, लघुकथाको नाममा, चुट्किला। मध्ययुगीन ओडारोन्मुख साहित्य, डेस्टोपिया ! खाए । अब महेश बाबुहरूको जिम्मा, औंसीमा पनि उज्यालो देख्ने नानीहरूको जिम्मा, यो बूढो डेरिडा अब थाको, सक्दौन, डल्लै, अब लीला हो लीला, उही हाम्रो अमीताभ बच्चन सगोत्री, उही गगनवासी!” “हा हा हा … “माइक्रो नै उचालियो। ” भाइ गोपी, डुप्लीकेट किशोर कुमार, महेश बाबु, ए लाल रङ्ग … प्रेमनगर … हो जाए !” अनि शुरू भयो अन्ताक्षरी। भीमानी नानी, कान्छी, र गोपीको गीतसमर, यात्रा अमर !

“वेलकम, आजादनगरमा ! ” नौ बजे राति पुग्यो टोली आजादनगर। जाम, सत्र ! बल्लतल्ल गन्तव्यमा पुग्यो। स्वागतमा” प्रोफेसर जगमोहन आजाद ” गोपीको मितवा। “लू आजाद भाइ,आइयो।” आजाद र महेशले अङ्कमाल गरे। गोपीले आजादको हातमा “नयाँ मुग्लान र धीमहि” राखिदियो। आजादको घर, आजादनगरमा। “खीरालय !” भूमण्डलीकृत निकेतन। नुहाएर फ्रेस भए पाहुनाहरू । खीरहरण, पछि सामान्य छलफल, अनि निद्रा देवीको शरणमा।

बिहान, प्रात: भ्रमण, नित्यकर्मपछि। गाइड, आजाद र गोपी। अचम्मको गाउँ,सबै घर उस्तै, समृद्धि जता पनि। हरियाली। भव्य पुस्तकालय । गाउँमा कलेज। घर घरमा कार। सबैको अनुहार उज्यालो । खेतबारी आवाद। पशुपालन । “यूटोपिया !” हरि गौतमको मुखबाट निस्कियो । बाटो पनि फराकिलो, पिच। नहर। “भाइ, यो कसरी सम्भव भयो ? यो त देशको लागि नै अपवाद ! मेरो परिकल्पनाभन्दा बाहिर, यो रामराज्य, कसरी भाइ ? ” दमकश्री। आजादले गोपीको मुखमा हेर्यो, “आज मितज्यू बोल्ने, म हिजो गीत गाएर थाकेको छु! ” गोपी।

“दाजु, यो आजादनगरको व्यवस्थापन नारीहरूको जिम्मामा । एक, यहाँ चुनाव हुन्न। दुई, यहाँ राजनीति छैन। तीन, यहाँ कुनै घर पनि रित्तो छैन । यहाँ चियागफ हुन्न। चिया पसल पाउनुहुन्न । फुर्सद दुई दिन, लाइब्रेरीमा । कोही पनि बेरोजगार छैन। खेती मनग्गे, अनिकाल छैन। नारीहरूको जिम्मामा घर कति सुन्दर हुन्छ ? समाज र देश पनि उही हो दाजु, अरू कुरा मेरी चेली आरोही सन्जुले भन्छिन् । “आजादको आडमा एक नानी, चारु, उनले सबैलाई अभिवादन गरेर आफ्नो कुरा राखिन् “यो सबैको योजनाकार हाम्रो गुरु बा प्रोफेसर जगमोहन आजाद,उहाँको पहिलो उपन्यास “अनन्त पाइलाको” यात्रा मिलिजुली प्रयोगमा ल्याइयो। सबैले सहयोग गर्नुभयो। आजको दिन हामी यो विन्दुमा आयौं । एक मूली सही, हराभरा मही, आजादनगर, यूटोपिया, बनाउनमा गुरु बाकै देन छ, उही जमानामा देवीबहादुर काका र गुणराज बाले चमत्कार गरेजस्तै। यहाँको आलोकश्री हाम्रो गुरु बा !”

“मेरो भाइ, हवाइनेस त रूप पो रहेछ, भाइभित्र यस्तो अद्भुत प्रतिभा रहेछ । खुशी लाग्यो । नानी अनिताहरू, लेख्नुपर्छ है। ” दमकश्री । दुई घण्टा घुमे । टोली अति प्रसन्न भयो । एउटा साहित्यिक कार्यक्रम पनि तय भयो । सुकरात गुरुको अनुरोधमा गजल मुशायरा सप्पन्न भयो। आजाद गजल मञ्चले यसको जिम्मेवारी लियो । सात दिन बसेर टोली फिर्ता भयो। साहित्य पोस्टमा लामो नियात्रा संस्मरण आयो, अनिता जोडीको । महेशले अर्को राष्ट्रिय पत्रिकामा लेखे। “आजादनगर, यूटोपिया, भाइरल भयो।

०००
हाल, क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लभ यू बा !

लभ यू बा !

धनराज गिरी
पतिपत्नी !

पतिपत्नी !

धनराज गिरी
जोर उद्योगपति !

जोर उद्योगपति !

धनराज गिरी
कसले पढ्छ ?

कसले पढ्छ ?

धनराज गिरी
आलोचना हुन्छ !

आलोचना हुन्छ !

धनराज गिरी
स्वर्गमा सुरक्षालय

स्वर्गमा सुरक्षालय

माधव पोखरेल गोज्याङ्ग्रे
जागरणको घण्टी

जागरणको घण्टी

लक्ष्मी रिजाल
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x