साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे हुने हो कि… ?

मान्छे भएर जन्मेका हौं नाता, दर्जा, ओहोदा भन्दा पर स्वयं चरित्र माझ्ने हो कि ? भावनाले कर्मशील हुँदै आफ्नो छवि साँच्ने हो कि ?

Nepal Telecom ad

ई. कुमार खड्का :

दिगो शान्ति र विकास
नारामै सिमित भयो,
दान र भीखको चारा
सिर्फ बाँच्ने सहारा हुने भयो,
दिनेले विज्ञापन भजाएरै दिँदा
दानीको अभिनय गर्न सक्छन् ,
बोक्रै समेत छोडाएको पाउँदा
खानेले सहजता महसुस गर्छन् ।

संस्कार,
जाल बुन्न सिकेर माछा मार्ने भन्दा
मारेको माछा प्राप्तिले जीवन्त छ,
बिना लगानी झुसी हुँदै
भिख पाउँदा प्रसन्न छ,
मूहानको निर्क्योल सहित
पहिचान खोज्नु भन्दा,
बिना परिश्रमको प्राप्तिमा
सम्पन्नता रोज्नेनै छ ।

तथ्य र तर्क केलाउदै
समस्या निदान गर्नुभन्दा,
कुतर्क र जिद्दिको लडाईं जारी छ,
स्वाभिमानको अभियान भन्दा
तावेदारीको प्रवृत्ति भारी छ,
उद्द्यमशिलता बढाउनु कता हो ?
दलालीको पारो चढ्दो छ,
विवेकको खोजी भन्दा
अराजकताको खेती मौलाउदै,
असल मान्छे भन्दा
सृजनहीन रोबोट चलाउने
रिमोट बनाउदो छ ।

त्यसैले,
रैती भएर जन्मे पनि
प्रजा भएर हुर्के पनि
जिम्मेवार सन्ततीभै हाँस्ने हो कि ?
नागरिकभै बाँच्ने हो कि ?
मान्छे भएर जन्मेका हौं
नाता, दर्जा, ओहोदा भन्दा पर
स्वयं चरित्र माझ्ने हो कि ?
भावनाले कर्मशील हुँदै
आफ्नो छवि साँच्ने हो कि ?
दरिद्र जन्मको प्रायश्चित गर्न
आत्मिक शान्तिको मार्गमा,
सम्पन्नताको खोजी गर्दै
दृढतापूर्वक लागिपर्ने हो कि ?

०००
आलापोट, काठमाण्डौ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x