देवीप्रसाद मिश्रबुढ्याैली काव्य (शृङ्खला- ७०)
केही याे खर्च गर्ने समय नजिकिँदा हातमा छैन दाम।। वेलाले काट्छ नेटाे त्यसपछि बहुधा अर्थकाे के छ काम ?
देवीप्रसाद मिश्र :
बाआमाकाे सल्लाह
जेजस्ता कार्य हाँक्याैँ अघि बल रहँदा साेच राख्दै उदात्त
आयाे वार्द्धक्यवेला तरपनि सुखकाे खै त, नाैलाे प्रभात ?।।
धेरै छन् कार्य बाँकी हजुर पनि सदा मात्र भन्छाै समाज।।
वेला हाे साेच्नु पर्ने परमपद कुनै भावना छैन आज।।४४४।।
धार्नी पुग्दैन खासै बलजफत गरी भ्यागुतो ताैलिएर ।।
जाला केही नगर्दै अपुग अपुगमा जिन्दगी वैलिएर ?।।
घुम्ने आशा छ मेरो हृदयबिच ठुलो सर्वथा तीर्थ धाम ।।
निष्ठा देखिन्न मेरा हजुरसित सदा मात्र चिन्ता छ दाम ?।।४४५।।
सग्ला कर्तव्य हाम्रा सब गरिसकिए छैन बाँकी रहेकाे ।।
बस्दै छन् हात गाेडा अब त कति कुरा साेच्नु पर्ने भरेकाे।।
छन् केही गर्नुपर्ने समय गतिसँगै, पुण्य सत्कर्म हेर ? ।
वेला बस्दैन हाम्रा युगल अब सदा भावना पर्खिएर ।।४४६।।
खै पेवापात मेरो घरजम गरिँदा शून्य पारी दराज ?।
जम्मै जिम्मा लगाएँ अतिशय कटिला टारिए कामकाज ।।
केही याे खर्च गर्ने समय नजिकिँदा हातमा छैन दाम।।
वेलाले काट्छ नेटाे त्यसपछि बहुधा अर्थकाे के छ काम ?।।४४७।।
साना छैन्नन् भएका परिजन अब ता,धाम्न सक्छन् अमाल।
याे भन्दा हुन्न हाम्रो, अब सहज कुनै बारवेला कमाल ।।
खाेजाैँ अध्यात्म बाटाे चलन छ अघिकाे सम्झिँदै रामराम।।
इच्छा घुम्ने छ मेराे हजुरसित सबै छन् जहाँ चारधाम ।।४४८।।
(क्रमशः)
०००
हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































