साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुत्ला

फरिया किन्दिए पनि चोलो सिलाईदिए पनि पुत्ला त आखिर पुत्ला नै हो आकृति मिल्दोजुल्दो देखेर मान्छे ठान्नुभएको मलाई ? होइन नि म त पुत्लामात्रै हो हजुर ।

Nepal Telecom ad

शिव पलाँस :

अहो
मान्छे ठान्नुभएको मलाई ?
होइन नि
म त पुत्ला मात्रै हो हजुर
म मान्छे भए पो
मलाई मान्छेको दर्जामा राख्नु हुन्थ्यो
म जाबो पुत्लालाई
जे गरे हुन्छ
जसो गरे हुन्छ
मैले आँखा खोल्न हुँदैन
ओठ खोल्न हुँदैन
सत्य सुन्न हुँदैन
संघार नाघ्न हुँदैन
उत्पीडन भयो भन्न हुँदैन
म मान्छे बन्न हुँदैन
तपाईंलाई तिर्खा लाग्ने बित्तिकै
म चिसो पानी भईदिनु पर्छ
तपाईंलाई जाडो हुने बित्तिकै
म तातो चिया भईदिनु पर्छ
तपाईंलाई भोक लाग्ने बित्तिकै
म भोजन भईदिनु पर्छ
मानौं
तपाईं जंगलको भोको बाघ हो
र म पासोमा अल्झिएको हरिण हुँ
मैले मुट्ठी कसे पोथी बासेको हुन्छ
तपाईंले मुट्ठी कसे भाले बासेको हुन्छ
म बोले चोथाले हुन्छ
तपाईं बहुलाए बहादुरी हुन्छ
सिन्दुर लगाईदिए पनि
मंगलसुत्र लगाईदिए पनि
फरिया किन्दिए पनि
चोलो सिलाईदिए पनि
पुत्ला त आखिर पुत्ला नै हो
आकृति मिल्दोजुल्दो देखेर
मान्छे ठान्नुभएको मलाई ?
होइन नि
म त पुत्लामात्रै हो हजुर ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव पलाँस
बा बलिया हुन्

बा बलिया हुन्

शिव पलाँस
तीन ठोक्तक

तीन ठोक्तक

शिव पलाँस
तीन मुक्तक

तीन मुक्तक

शिव पलाँस
केही ठोकान

केही ठोकान

शिव पलाँस
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x