साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबाबिनाको घर

आफ्नो कर्म मिठो बनाउन खडा हुन्थे सधैँ तत्पर औँसीरात समान हालत भयो बाबाबिनाको घर ।।

Nepal Telecom ad

कविराज घिमिरे :

दैलो लाग्न सकेन खाट नुहियो लिस्नो बन्यो पीडित
भित्ताका गह आँसुका परिधिमा छन् शोकले खण्डित
छानो नै चुहियो झरे दलिन ती खम्बा लडे सारद
भक्कानिन्छ त्यसै हियो जलन भै बाबाबिनाको घर ।।१

बारी खेत पछारिए लगलगी काम्छन् खरीका बुटा
केरा आँप बगान नष्टसरि छन् हेर्दा सबै ती ठुटा
छैनन् अन्न हराभरा सकल ती बाँझा गरा छन् पर
उड्दा सार परत्रसम्म बिलियो बाबाबिनाको घर ।।२

काँडा छन् पथमा म जानु कसरी ? एकान्त धारो भयो
गल्लीमा पनि सर्पको बिगबिगी कस्तो समस्या रह्यो ?
खोलामा जल छैन बालु पनि त्यो आफैँ कहाँ टिक्छ र ?
हेर्दा फुङ्ङ गलीत निष्कृत अहो ! बाबाबिनाको घर ।।३

आएनन् वरका छिमेक पनि ती रानो हराएसरि
छन् आफैँ पनि दिक्क दिक्क विचरा आँखा गुमाएसरि
गर्थे वाचन काव्य मिष्ट लयमा स्वादिष्ट मान्थे नर
पैरोबाट सखाप भूमिसरि भो बाबाबिनाको घर ।।४

बाटो हिँड्न सिकाउने जन यहाँ त्यस्ता थिएनन् अरू
वैरीका खल योजना विफलमा लाने थिएनन् अरू
आफ्नो कर्म मिठो बनाउन खडा हुन्थे सधैँ तत्पर
औँसीरात समान हालत भयो बाबाबिनाको घर ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x