साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परशु–कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ फागुन १९। नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकार द्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रुपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो ।

दुवैजना सम्मानित स्रष्टालाई रु ५० हजार १ सय १ नगदराशिसहित सम्मान गरिने छ ।

नेपाली साहित्यमा पाँचदशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएकोमा उहाँहरुलाई यो सम्मान अर्पण गरिने समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’द्वार हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

उक्त सम्मान आगामी चैत ५ गते काठमाडौंमा एक कार्यक्रम गरी उक्त सम्मान अर्पण गरिने अध्यक्ष रोदनले बताउनु भयो ।

परशु–कल्पना स्रष्टा सम्मानका लागि वरिष्ठ साहित्यकार पवन आलोकको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । सोही समितिको सिफारिसलाई समाजको केन्द्रिय कार्यसमितिको बैठकले अनुमोदन गरेको पनि अध्यक्ष ‘रोदन’ले बताउनुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x