साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध आश्रम बनुन् शिवालय

ए ! खराब मतिकाहरू गुन जानुपदर्छ सबै बुढो हुन ! ख्याल होस् सकलमा हुँदा बल वृद्ध आश्रम बनुन् शिवालय ।।

Nepal Telecom ad

कविराज घिमिरे :

मूर्ति हुन् करुणका प्रकाश यी
भाग्दछन् विनयले दुसाध ती
ज्ञानका शिखर हुन् महोदय
वृद्ध आश्रम बनुन् शिवालय ।। १

नाउँमात्र यिनका लिँदै कति
वृद्ध आश्रम बने भटाभटी
छैन लक्ष्य गतिलो छ संशय
वृद्ध आश्रम बनुन् शिवालय ।। २

वृद्धशक्ति बटुली रमाउने
छन् यहीँ कति जना कमाउने
बन्द होस् शकुनिको सबै छल
वृद्ध आश्रम बनुन् शिवालय ।। ३

वृद्ध हुन् शिव महान् र पार्वती
राख्नुपर्छ घरमा छ के खती ?
फर्क फर्क अब ता स्व-आलय
वृद्ध आश्रम बनुन् शिवालय ।। ४

छन् त्यहाँ कति जना विषादमा
पर्दछन् कति जना विवादमा
खानलाउन यसै छ खाडल
वृद्ध आश्रम बनुन् शिवालय ।। ५

ए ! खराब मतिकाहरू गुन
जानुपदर्छ सबै बुढो हुन !
ख्याल होस् सकलमा हुँदा बल
वृद्ध आश्रम बनुन् शिवालय ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x