शिव पलाँसतीन मुक्तक
कति खेल्छौ हो कुर्सीको फोहरी खेल लाज लाग्दैन ? सयौं किलो सुन चोर्नेहरुलाई यसरी उन्मुक्ति दिएर एक किलो नुन चोर्नेलाई समातेर जेल लाज लाग्दैन ?

शिव पलाँस :
१.
तिघ्राबाट काँटिएको खुट्टा युद्धको निशानी हो
गणतन्त्र हजारौं-हजार योद्धाको बलिदानी हो
यो अपाङ्ग लडाकुलाई जवाफ दिनुस् कमरेड
के हामीले बगाएको रगत खोलाको पानी हो ?
२.
कहिलेसम्म यसरी नै तारिख धाउनुपर्ने हो श्रीमान् ?
कहिलेसम्म पिडितले आँसु बगाउनुपर्ने हो श्रीमान् ?
के अब एउटी अवला नारीले न्याय पाउनका निम्ति
अदालतमा आफैलाई आगो लगाउनुपर्ने हो श्रीमान् ?
३.
सधैंभरि छलकपट सधैंभरि जालझेल लाज लाग्दैन ?
कति खेल्छौ हो कुर्सीको फोहरी खेल लाज लाग्दैन ?
सयौं किलो सुन चोर्नेहरुलाई यसरी उन्मुक्ति दिएर
एक किलो नुन चोर्नेलाई समातेर जेल लाज लाग्दैन ?
०००
१४ जनवरी, २०२४
Subscribe
Login
0 Comments
Oldest






































