साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नीति

भरिन्न लोभको घैला तृष्णा झन् बढ्छ आखिर रित्तो गाग्री विना पानी त्यत्तिकै के भरिन्छ र ।

Nepal Telecom ad

मुक्ति पाेखरेल :

आत्मा नश्वर सम्झेर जो बन्छन् नित्य अस्थिर
तिनैले मान्दछन् धेरै मर्छु भन्ने ठुलो डर ।१।

मूर्ख मन्डलीमा जाँदा विद्वान्‌को हुन्छ दुर्गति
सर्पमा विष नै हुन्छ खुवाए पनि ओखती ।२।

सदा अल्छी बनी जल्ले धेरै पैसा चिताउँछ
निर्गन्ध पुष्पझैँ उल्ले जिन्दगी नै बिताउँछ ।३।

भरिन्न लोभको घैला तृष्णा झन् बढ्छ आखिर
रित्तो गाग्री विना पानी त्यत्तिकै के भरिन्छ र ।४।

लोभ हो दुःखको भाँडो रिस द्रोह बढाउँछ
चिन्ता सुर्ता लिँदा चाँडै चिता माथि चडाउँछ ।५।

धर्मकर्म सबै छोडे बिग्रन्छ जीवको गति
सुकेको बोटमा पानी हाल्दा फल्दैन कागती ।६।

आधा गाग्रो छछल्किन्छ भरिलो हुन्न अस्थिर
विद्याले पूर्ण होस् मूर्ख हुन्छ त्यो झन् भयङ्कर ।७।

आमाबाबु रुवाएर छाले पोस्तछ जो नर
मान्छेको जन्म मात्रै हो त्यो हो वास्तव वानर ।८।

जन्मदै साथ लागेर आउँछ कर्मको गति
मान्दछन् शास्त्र साराले उन्नति र आधोगति ।९।

रूप यौवनले पूर्ण गरोस् जे जति उन्नति
मूर्ख होस् तर त्यो छोरो बाबुको हुन्छ दुर्गति ।१०।

चाचुची जसले गर्छ स्वार्थका बसमा परी
आफ्नो सर्दो जसै हुन्छ धोका दिन्छ सधैँभरि ।११।

साहसी व्यक्ति चाहन्छ अघि बढ्न निरन्तर
बलेको अग्निको ज्वाला माथि उठ्छ जसो गर ।१२।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

मुक्ति पाेखरेल
बुढेसकालको कहानी -१

बुढेसकालको कहानी -१

मुक्ति पाेखरेल
सहारा

सहारा

मुक्ति पाेखरेल
सहारा

सहारा

मुक्ति पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x