साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकालको कहानी -१

बाजे बाबु बिते सखा सब बिते मैंमात्र बाँकी रहें, बोल्ने मानिस आज छैन सँगमा साँच्चै म एक्लो भएँ, बोल्दैनन् घरका जहान किन हो सम्झन्छु नानाथरी, यस्तो कष्ट सहेर बस्नु कसरी जाऊँ कहाँ के गरी ।

Nepal Telecom ad

मुक्ति पोखरेल :

छाला चाउरियो सबै बल गयो गोडा गले पाखुरा
कालो केस फुल्यो गयो नजरको पानी सबै आखिर
साह्रै दुख्दछ टाउको अनि घुँडा सर्वाङ्ग डाहा गरी
फुक्ले दन्तहरू शरीर न अडी काम्ने भयो थर्थरी ।१।

भन्थें फोर्छु पहाड नाघ्छु सहजै खोला र खोल्सा कति
लड्थें बाघ बँदेलका सँगसँगै बाँकी नराखी रति
बोक्थें बोझ ठुलाठुला अघिसरी धोक्रा र डोकाहरू
बाँझो खेत खनी छरेर मडुवा थाकिन्नथ्यो तै बरु ।२।

भारी देह भएर अड्न नसकी थामिन्न कस्तै गरी
काया रुग्ण भएर आज यसरी हेर्दै रुँदै धर्धरी
कुप्रो ढाड भयो घुँडा सिङ भए काया सबै जीणर् भो
खाना स्वाद भएन निल्न नसकी खोक्रो भयो पेट यो ।३।

चापेको मधुमेहले तन विषे त्यो रक्त चापै बढी
बग्ने राल सिँगान लोचन दुबै छोपिन्छ छाया बनी
गाह्रो थाम्न दिसापिसाब नसकी रोकिन्छ त्यस्तै कति
साँचेको जति जे थियो जतनले बेकार यो सम्पत्ति।४।

दुःखैमा अघि बैँसका दिन बिते छोरा र छोरी भनी
खानैं कत्ति भएन आज सुखमा पच्तैन केही पनि
लौराको भरमा परी जतनले हिँड्दैछु ताते गरि
साथी औषधिले बचिन्छ कि भनी टाल्दैछु कन्था सरी ।५।

आफ्ना पुत्र वधू सु सज्जन भए सेवा तिनै गर्दछन्
त्यस्तै पर्न गए भने रिस गरी आँखा दुबै तर्दछन्
तस्मात् सोच भएन कत्ति पहिले ऊर्जा छँदै देहमा
पुग्नै पर्छ सहेर कष्ट पछि ता त्यै कालका गेहमा ।६।

बाजे बाबु बिते सखा सब बिते मैंमात्र बाँकी रहें
बोल्ने मानिस आज छैन सँगमा साँच्चै म एक्लो भएँ
बोल्दैनन् घरका जहान किन हो सम्झन्छु नानाथरी
यस्तो कष्ट सहेर बस्नु कसरी जाऊँ कहाँ के गरी ।७।

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नीति

ज्येष्ठ नीति

मुक्ति पाेखरेल
जिन्दगी

जिन्दगी

मुक्ति पाेखरेल
सहारा

सहारा

मुक्ति पाेखरेल
सहारा

सहारा

मुक्ति पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x