साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा ! (काव्यअंश- ६)

आई काल चपाउँदो छ मनुवा भेटिन्न कैल्यै तर । जान्ने विज्ञ बडो भनोस् मनुजले त्यो काल को देख्छ र ? खोजी गर्न जुटेँ खटेँ हरघढी यो चाल निम्जो भयो । पोखेँ तर्क अनेक स्रोत बटुलेँ रित्तो निशाना छ यो ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

खाना खान सकिन्न त्राण तनमा राख्ने कसो के गरी ?
चिम्लन्छन् किन नेत्र दर्द छ बडो ? देखेँ दयाला हरि ॥
खोकी जोड थियो चिसो पथ हिँडी चिन्ता उहीँ पोखिए ।
जाँची विज्ञ बुझेर ओखतमुलो गर्ने गरेस् बोलिए ॥४५॥

छाती दर्द बढ्यो त्यहीँ हृदयले गाँठो बनायो अनि ।
छन् सङ्कष्ट बडा हियारतलमा यो हाल हेर्दा पनि ॥
आफू कालसमान दर्द तनका खेपेर सामान्य छ ।
कोही सन्तति दुख्नु कत्ति नपरोस् यो भाव प्राधान्य छ ॥४६॥

खोक्दै यो किन बस्छ ? ओखतमुलो गर्नै पर्‍यो लौ छिटो ।
मेरा दर्द र कष्टमा मन दिई बेकार लिन्छन् भुटो ॥
पापी रोग छिरेर कष्ट तनका आक्रान्त पार्छन् मन ।
खैनी कक्कड त्याग गर्नु बढिया भन्छन् बुझेका जन॥४७॥

लाग्छन् अर्वुद प्राणघातक बडा छन् रोग जेजे कडा ।
सूर्तीजन्य नसा सबै पर रहून् पीयूषझैँ छन् घडा ॥
यस्तो ज्ञान अमूल्य मिल्छ र कहाँ ?बाबा हराएपछि ।
उम्दा कर्म हुनेछ ज्ञान मनमा जागा गराएपछि ॥४८॥

जे होस् जेसँग आइयो अवनिमा भोग्नै छ मैले पनि ।
अर्काका अवहालमा मन गढोस् सेवा उज्यालो गनी ॥
कष्टैकष्ट छ यत्रतत्र भवमा योद्धा सरीको बनी ।
लड्दै मर्नुछ दृश्य छैन तर त्यो खाँदो छ मान्छे जुनी ॥४९॥

आफ्ना पूर्व क्रिया थिए चलन जे पूरा गराएपछि ।
आयो काल लग्यो गयो पर भयो त्यो प्राण चल्ने गति ॥
बाबाको तनमात्र साथ छ भनी आयो बितेको कुरा ।
भागी शान्तपना गयो पलकमै चिन्ता छ काट्ने छुरा ॥५०॥

आँखा बन्द भए डुलून् रवि शशी गल्दै गयो यो तन ।
जाऊँ सद्गत गर्न लाग्छ मन ता रोगी असाध्यै तन ॥
गर्ने कर्म रहेन शक्ति दिलमा घोचेर चस्काउँछ ।
हेर्दा मृत्यु हुनेछ झैँ क्षणिक यो के चाल झस्काउँछ ? ५१॥

आफ्नो चेतदशा घटी तल झर्‍यो अज्ञान बढ्छन् दर ।
मान्छे छौँ तर छैन सार्थक मियो रित्तो सरी भो घर ॥
झुल्के सूर्य खुलेन दृष्टिपथ क्यै कालो अँधेरो बढी ॥
पार्छन् नेत्र झरी दुखेर दिल यो उठ्दैन झैँ भो ढली ॥५२॥

लेखा छन् उनका अनेक हितका पक्रन्न यो चेतले ।
बढ्छन् मार्मिक भावना दिलविषे धोका दिँदा दैवले ॥
मेरा बा अघि नै बिते शिशु थिएँ बुझ्नै नसक्ने अरे ।
दोस्रा हुन् घरका बुबासम उनी पालेर हेर्ने हरे ॥५३॥

आई काल चपाउँदो छ मनुवा भेटिन्न कैल्यै तर ।
जान्ने विज्ञ बडो भनोस् मनुजले त्यो काल को देख्छ र?
खोजी गर्न जुटेँ खटेँ हरघढी यो चाल निम्जो भयो ।
पोखेँ तर्क अनेक स्रोत बटुलेँ रित्तो निशाना छ यो ॥५४॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x