साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्तिकारी बडाहाकिम

राजस्वको नगदले खरिद गरिएको खनिज पानी पिएपछि सन्यासी एक वाक्य पाश्र्वमा अमेरिका होइन नेपाल सजाउनुस् भन्दा आफ्नो पछाडि टाँगिएको अङ्ग्रेजी ब्यानर हेरेर टोलाउँदा उनको बडप्पन साँझको अरेली झैँ देखियो ।

Nepal Telecom ad

शम्भु जमरकट्टेल हेदाङ्ने :

विचार र आडम्बरको अन्तरघुलनबाट उत्पादित उप उत्पादनको स्वाद चाख्ने प्रबल इच्छाले मस्तिष्कदेखि मनसम्म ‘कावा’ खाइरहेको धेरै भए पनि वास्तविक समाज र कुथुर्के तमिजको टकरावबाट प्रष्फुटित श्याम रंगले ढाकेको चन्द्रज्योतिको दारुण अवस्था नियाल्ने अवसर यो जिज्ञासुलाई जुरेको थिएन । अमिलो मनमा कल्पनाको मिठाइँ सजाउँदै प्रतीक्षारत थियो यो मन । अकस्मात् किनाराको जीविका र केन्द्रको जीजिविसाको को स्वाद अनुभव गर्ने मौका जुर्‍यो ।

आध्यात्मका साधक बाबाको सान्निध्य र नैतिकताको उज्यालो दीपक बोकेर उतरापन्थको मार्गमा यात्रा लम्बिदै जाँदा मार्गका बडाहाकिमको दरबारमा जाने सुझावमा पात पलायो अनि पालुवाको अर्ध शीतल छायाको भरमा दरबारको अट्टाली पार गरेर बडाहाकिमको दिवाने खासमा प्रवेश पायो हाम्रो विशुद्ध नैतिकता खोजी समूहले !

वातानुकुलित सभागारमा गजधम्म गणेश झैँ बसेका बडा हाकिम अर्थात गणतन्त्रकालीन सिडिओको आँखा गाला र जिब्रोमा क्रान्तिको ज्वाला दन्कियो, सायद उहाँले लोकसेवा पास गर्दा पनि जाँचकीलाई अस्त्र तेस्र्यायाएर आफ्नो परीक्षाफल सकारात्मक पार्नुभएको हुनसक्छ । अन्यथा एक दर्जन प्राध्यापक, साहित्यकार, तथा आध्यात्मिक गुरु सहभागी रहेको स्वदेशी अझ भन्नुपर्दा स्वप्रदेशी समूहलाइ अर्कै ग्रहबाट उहाँकै बडाहाकिमी खोस्न आएको चाणक्य र चन्द्रगुप्त ठान्नु भएछ र त क्रान्तिकारी प्रवचन उराल्नु भयो स्वागतको पुष्पगुच्छाको बदला ।

उहाँकै समकक्षीद्वारा कर तगारोबाट हात्ती भन्दा ठूलो सुनको डल्लो फुत्त पास गराएर भागबन्डामा चित्त नबुझ्दा पर्दा हटाउने खेलमा पिएचडी गर्दैगर्दा संस्कृत भाषा, सामाजिक चाडपर्व, सामाजिक सदाचार, जन्ममृत्युदेखि जीवनका हरेक धार्मिक कार्यलाइ कोरा ढाेंग बताउदै पण्डित, पुरेत, पुजारी अनि वेद पुराण र देव साधनालाइ नष्ट गर्नु नै जरुरी हो भन्ने खालका शब्द लठ्ठा बटारेको देख्दा उहाँको समाज प्रतिको मिजाज नाङ्गो भयो । सन्की महाराजको अदृश्य कपडा जस्तै ।

क्रान्तिकारिताको झुन्झुना बजाएर केही दर्जन मनुवाको आलयमा मदिरालय र वासनालय सहित मसाजालय पनि निर्माण भए राजाका पिकदान सफा गर्ने सामर्थ्य विहीन मनुवा बडाहकिम मुकर्रर गरिए तर दायित्वबोध नभएका एक नशामा झुल्ने असुरवृत्तिमा संमोहित नव प्रशासकको स्वागतले कुनै दललाई मत मागेको आभाष गरायो र राजस्वको नगदले खरिद गरिएको खनिज पानी पिएपछि सन्यासी एक वाक्य पाश्र्वमा अमेरिका होइन नेपाल सजाउनुस् भन्दा आफ्नो पछाडि टाँगिएको अङ्ग्रेजी ब्यानर हेरेर टोलाउँदा उनको बडप्पन साँझको अरेली झैँ देखियो ।

किनाराको वस्तीमा पुग्दा जलविहीन गढीमा अमृतका घडा सजाएका र हातमा नवरंगी पुष्पहारले नैतिकता, आस्था र सामाजिक चाहनाको हिमनदी बगेको अनुभूति भयो । अनि टुकुचे क्रान्तिका भकुण्डे संवाहकको नजरमा समाज एक वधशाला हो र मनुष्य वलिका भेडो हुन् भन्ने स्पष्ट भयो र भन्न वाध्य भएँ वर्तमान परिवर्तन मानवताको सामुन्ने दानवता ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x