साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा नै हुन् सृष्टिकर्ता विधाता

खट्ता धेरै बैँसमा वृद्ध कस्ती हेर्दा लाग्ने सत्तरी वर्ष जस्ती पालो पाए बन्दथिन् ती सुजाता आमा नै हुन् सृष्टिकर्ता विधाता ।

Nepal Telecom ad

मुक्ति पोखरेल

जान्छन् छोरा देश छाडेर खाडी
रुन्छन् आफैँ वेदनाले पछाडि
साथै बस्ता बन्छ मातृत्व छाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।१।

बोक्छिन् सानो पेटभित्रै लुकाई
खप्छिन् पीडा देह आफ्नो सुकाई
पैदा गर्दा खप्तछिन् विघ्नबाधा
आमा नै हुन् सृष्टिकर्ता विधाता ।२।

सारा प्राणी मातृबाटै भएका
पाइन्छन् ती जोसुकै जन्मिएका
गाएका छन् वेदले दिव्य गाथा
आमा नै हुन् सृष्टिकर्ता विधाता ।३।

गर्छिन् मायाँ नित्य सन्तानमाथि
हुन्नन् कोही अन्तमा साथ साथी
साक्षात् यौटा रूप सादृश्य धाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।४।

सक्छिन् पर्दा देह उत्सर्ग गर्न
सक्छिन् आफैँ प्रेम पीयूष छर्न
सच्चा यौटा हुन् स्वयम् प्राण दाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।५।

खप्छिन् जस्तै दु:ख आओस् नथाकी
फाली दिन्छिन् दर्द यौटै नराखी
लक्ष्मीजस्तै बन्दना योग्य माता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।६।

खट्ता धेरै बैँसमा वृद्ध कस्ती
हेर्दा लाग्ने सत्तरी वर्ष जस्ती
पालो पाए बन्दथिन् ती सुजाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।७।

०००

भक्तपुर बुढ्याैली साहित्यकाे छन्द अभ्यासकाे पछिल्लाे शृङ्खलाबाट सुटुक्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नीति

ज्येष्ठ नीति

मुक्ति पाेखरेल
जिन्दगी

जिन्दगी

मुक्ति पाेखरेल
बुढेसकालको कहानी -१

बुढेसकालको कहानी -१

मुक्ति पाेखरेल
सहारा

सहारा

मुक्ति पाेखरेल
सहारा

सहारा

मुक्ति पाेखरेल
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x