मुक्ति पाेखरेलभयो शून्यजस्तै उज्यालो कटेरो
बिते वर्ष धेरै न सन्तान आए विदेशी थलाको हवामा रमाए यता कालले हान्न थाल्दा झटारो भयो शून्यजस्तै उज्यालो कटेरो ।
मुक्ति पोखरेल :
गयो फ्रान्स अर्को कतै छैन सन्चो
भुले देश आफन्त पाखोपखेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।
पियारो भयो बाहिरी देश आज
कता जान खोज्दै छ हाम्रो समाज
भए वृद्ध बाबा छ उस्तै चटारो
भयो शून्यजस्तै उज्यालो कटेरो ।
लग्यो साहुले फाँटको खेतबारी
छ बाँझै बसेको ठुलो टार बारी
कठै बाबु हेर्छन् लगाएर फेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।
भइन् वृद्ध आमा फुले केस सारा
बिते रात धेरै गनी चन्द्र तारा
गल्यो देह सारा सधैँको लछारो
भयो शून्यजस्तै उज्यालो कटेरो ।
बिते वर्ष धेरै न सन्तान आए
विदेशी थलाको हवामा रमाए
यता कालले हान्न थाल्दा झटारो
भयो शून्यजस्तै उज्यालो कटेरो ।
०००
झापा
भक्तपुर बुढ्याैली साहित्यकाे अभ्यास श्रृङ्खलाबाट सुटुक्क
Subscribe
Login
0 Comments
Oldest






































