साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि विश्व सिग्देलको ‘तालीको समाजशास्त्र’माथि परिचर्चा

सुनकोसी वा्ङ्मय प्रतिष्ठानको आयोजनामा शुक्रबार ठमेलमा आयोजित उक्त कार्यक्रम कवि श्यामलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८२ साउन । कवि विश्व सिग्देलको कविताकृति ‘तालीको समाजशास्त्र’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

सुनकोसी वा्ङ्मय प्रतिष्ठानको आयोजनामा शुक्रबार ठमेलमा आयोजित उक्त कार्यक्रम कवि श्यामलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

परिचर्चा कार्यक्रममा श्यामलले अत्यन्तै सम्भावना भएका कविको रुपमा विश्व सिग्देलको चर्चा गरे। कविताले कुनैपनि व्यक्तिको नीजि व्यक्तित्व निर्माण गर्ने भन्दै विश्वको व्यक्तित्व उनका कविताहरुले निर्माण गरेको बताए। कृति वर्तमान समयमा पनि उतिक्कै सान्दर्भिक भएको भन्दै उनले भने- ‘म विश्वका कवितासँग अभिभूत भएको छु । साँस्कृतिक चेतना र लघुताभाष भैसकेको सन्दर्भमा घिनलाग्दो परिपाटी मञ्चबाट शुरु हुन्छ।’

साहित्यकारले परम्परा तोड्नुपर्नेमा उनको जोड थियो । उनले भने- ‘समयको मूल्यलाई नमान्ने कवि हुनसक्दैन् । बिम्वहरुको जञ्जालले कविता जटिल हुन्छ योबाट कवि जोगिनुपर्छ।’ उनले नेपाली कवितको स्थान कहाँ छ भन्ने बुझ्न विश्व साहित्य बुझ्नुपर्ने बताए ।

परिचर्चाकार आर एम डंगोलले तालीको समाजशास्त्रमा शक्तिशाली कविताहरु भएको बताए । उनले भने- ‘कवितामा विश्व छुट्टै पहिचान बनाउन सफल देखिएका छन् । थोरै लेख्ने तर गहकिला कविता लेख्ने कविको रुपमा सिग्देललाई चिनिन्छ। अरुको अधिनमा हामी कसरी गाँजिदै गैरहेका छौं भन्ने कुरा कविताले प्रष्ट पार्छन् ।

समाजका जटिल यथार्थहरुलाई टिपेर कविता लेख्ने कविले कृतिभित्र यस्तै विषयका ४५ थान कविता रहेका छन्’ भन्दै यसमा समाजका विभिन्न तहमा रहेका विकृति र विसङ्तिलाई उजागर गरिएको बताए । उनले कवि विश्वका कविताहरु बैचारिक र बौद्धिक चेतले लेखिएका, सरल कवितामा विषयवस्तुको गाम्भिर्यता भरिएको बताए । कृतिमाथि चर्चा गर्दै डंगोलले भने- ‘भावनाको सुगठित संयोजन हो कविता । विश्व मनले कविता लेख्छन् । सुन्दर बिम्वहरुको प्रयोगले अझै बढी कविता सुन्दर बनेका छन्।’

अर्का चर्चाकार सुधा मैनालीले भनिन्- ‘कवितामा छुट्टै पहिचान बनाएका कवि विश्वका कविता सामाजिक विषयवस्तुमा आधारित भएर विषयगत विविधता सहित सालीन विद्रोह गरेको पाइन्छ।’ शिर्षकको औचित्यमाथि चर्चा गर्दै सुधाले अगाडि भनिन्- ‘आजको २१ औं शताब्दीको सभ्य,उन्नत र विकसित समाजको तालीलाई दासत्वको यात्राको रुपमा दर्शाएको छ । कविताहरुमा सामाजिक विकृति र विचलनप्रति व्यङ्ग प्रहार गरिएका छन् । गहन विचारहरु आएका छन्।’

तालीको समाजशास्त्रका सर्जक कवि विश्व सिग्देलले आफ्नो मन्तव्यमा आज आफू यस मन्चमा सुन्न आएको र सुनेर गुन्न आएको भन्दै आफ्ना कवितामा रहेका कमी कमजोरीलाई केलाइदिनुहुने समीक्षक, प्रमुख अतिथी वरिष्ठ कवि श्याम तथा आयोजक सुनकोसीलाई धन्यवाद दिएका थिए । विचार र कलालाई सँगसँगै लगेमात्र कविता कविताजस्तो बन्छ भन्ने मान्यतामा आफू अडिग रहेको कुरा उनले बताए । र, यसैगरी सचेततापूर्वक कविता कर्ममा लागिरहन आफ्ना अग्रज र समकालीनहरुको सुझाव आवश्यक रहेको उनले औँल्याए । कवि रमी प्रिया, चन्द्रबहादुर लामा, अमोघ काफ्ले लगायतले तालीको समाजशास्त्रबाट कविता बाचन गरे।

सुनकोसी वा्ङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासचिव प्रदीप सापकोटाले सहजीकरण गरेका थिए । साथै स्वागत मन्तव्य सदस्य पूर्णबहादुर श्रेष्ठले राखेका थिए।

कार्यक्रमको सह-आयोजक चि:वहाल परिबार, ठमेल र इखबर नेट मिडिया पार्टनर रहेका थिए ।

०००
प्रदीप सापकाेटाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x