साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता प्रतियोगिता तथा ‘अमरज्योति’ लोकार्पणको कार्यक्रम

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य तथा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष एवम् कविता प्रतियोगिता संचालन भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ साउन २३ । नेपाल विद्युत प्राधिकरणले आफ्नो ४०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा मिति २०८२/०४/२३ गते शुक्रबार प्राधिकरण स्तरीय खुला कविता प्रतियोगिताको आयोजना गरेको छ।

४०औँ वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमिति अन्तर्गतको कविता प्रतियोगिता संचालन उपसमितिले संयोजन गरेको सो कार्यक्रम नेपाल विद्युत प्राधिकरण, प्रधान कार्यालयस्थित रुफटप हलमा संचालन भएको हो।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य तथा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष एवम् कविता प्रतियोगिता संचालन उपसमितिका संयोजक विष्णु आचार्य ‘अतृप्त’को अध्यक्षतामा संचालित सो कार्यक्रममा विभिन्न भावभूमिका एकचालीस वटा कविताहरू प्रतियोगिताका लागि प्राप्त भएका थिए।

उक्त कविता प्रतियोगिताका निर्णायकहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमला, मधुपर्क साहित्यिक मासिकका सम्पादक त्रिभुवनचन्द्र वाग्ले तथा बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका महासचिव शान्ति सापकोटा रहनु भएको थियोे ।

सो प्रतियोगितामा अनिल पौडेलको ‘ ह’तार कविताले प्रथम स्थान हासिल गरेको थियो। सागर ज्ञवालीको ‘एक क्षण एक संसार’ र प्रकाश काफ्लेको ‘नभेटिएको म’ कविता क्रमश: द्वितीय र तृतीय स्थानमा छनोट भएका थिए। नारायण रेग्मीको ‘बिजुलीको तार’ र उमा न्यौपानेको ‘नेपालझैँ अधिक सुन्दर देश छैन’ शीर्षकको कविताले प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेका थिए।

कविता प्रतियोगिता कार्यक्रमका बीच विद्युतकर्मी साहित्यिक समाजको नियमित प्रकाशन ‘अमरज्योति साहित्यिक त्रैमासि’को ६७ औँ अङ्क (वार्षिकोत्सव कविता विशेषाङ्क- २०८२) लोकार्पण भएको थियो।

कार्यक्रममा मन्तव्य राख्ने सिलसिलामा प्रमुख अतिथि कोइरालाले काव्य साधनाको कर्म पाककला जस्तै सीपप्रधान विषय रहेको दृष्टान्त प्रस्तुत गर्दै संसारका सबै भाषा, दर्शन र सिद्धान्तको अध्ययन गरी प्राप्त ज्ञानलाई आफ्नै मौलिक नेपालीपनमा ढालेर सिर्जना गर्न मनासिब हुने विचार प्रकट गर्नुभयो। उहाँले विद्युत प्राधिकरणका कर्मचारीहरू करेन्टसँग खेल्दाखेल्दै झड्का पैदा गर्ने खालका कविता लेखनमा अभ्यस्त भएको देख्दा आफूलाई खुशी लागेको विचार व्यक्त गर्नुभयो।

सो समारोहमा विशेष अतिथिको रूपमा शुभकामना मन्तव्य राख्दै नेपाल विद्युत प्राधिकणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले साहित्यमा नवरसको महत्त्व स्मरण गर्नुभयो। उहाँले यस्तो खालको कार्यक्रमले कर्मचारीहरूमा नयाँ उर्जा पैदा गर्ने विश्वास प्रकट गर्नुभयो।

त्यसै गरी कार्यक्रमका सभाध्यक्ष विष्णु आचार्य ‘अतृप्त’ले भौतिकका साथै भावात्मक ऊर्जा उत्पादनमा समेत नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले जागरुकता देखाएकोमा खुशी प्रकट गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा निर्णायक मण्डलका सदस्यका साथै विद्युतकर्मी साहित्यिक समाजका संस्थापक अध्यक्ष कुलप्रसाद पराजुली, पूर्व अध्यक्षहरू- केशव रुपाखेती, पुण्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’ र कृष्णदेव रिमाल ‘शब्दसेना’ले कविता वाचन गर्नुभएको थियोे । रचना वाचन गर्ने अन्य अग्रजहरूमा शिशिर थापा, राजन ऋषि कँडेल,तुलसी प्रसाद सापकोटा, लक्ष्मण मण्डल, विमल गुरुङ, रीता खत्री लगायतका स्रष्टा हुनुहुन्थ्यो।

सो कार्यक्रममा ४० औँ वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक फणिन्द्रराज जोशी, सदस्य सचिव गोपाल प्रसाद पाठक, विद्युतकर्मी साहित्यिक समाज आठौँ कार्यसमितिका पदाधिकारीहरू,नेपाल विद्युत प्राधिकरणका उच्च पदस्थ अधिकृतहरू, क्रियाशील ट्रेड युनियनका अध्यक्ष/ प्रतिनिधिहरू, ने.वि.प्रा.का पूर्व कर्मचारीहरू, पत्रकारहरू सहित करिब १४० जनाको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथि एवं निर्णायक मण्डलका सदस्यहरूलाई कार्यक्रमको अन्त्यमा कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, ४० औँ वार्षिकोत्सव मूल समारोह प्रबन्ध समितिका संयोजक दीर्घायु कुमार श्रेष्ठ र उपकार्यकारी निर्देशक तुलाराम गिरीले मायाको चिनो प्रदान गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई विद्युतकर्मी साहित्यिक समाजकी सदस्य सङ्गीता अधिकारी पौडेलले स्वागत गर्नुभएको थियोे भने कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव कवि / गीतकार युवराज शर्माले गर्नु भएको थियो।

०००
विष्णुप्रसाद आचार्य “अतृप्त” काे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x