साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी

मलामी सबै फर्किने छन् गएर मुढो देह जल्दा खरानी भएर पखाली बगाएर केही नराखी सँगै साथ जाने रह्यो कर्म बाँकी ।

Nepal Telecom ad

मुक्ति पोखरेल :

गयो जिन्दगानी रह्यो सास खालि
यता कालले रोगको अस्त्र फाली
गरौँला भनिन्थ्यो ठुला काम धेर
रहे शेष जम्मै हुँदामा अबेर ।१।

युवामा सबै गर्दथे मानभाउ
पियारो गरी भन्दथे साथ आऊ
भए शत्रु जस्ता तिनै आज हाय!
कुनै साथ छैनन् गरूँ के उपाय ।२।

हुँदा बाल्य बेला सबै प्यार गर्थे
खुसी साथ राखी निजै गोद भर्थे
डुलाएर हिँड्थे बढो हर्ष मानी
शनैःचड्न लाग्यो हलक्कै जवानी ।३।

चढ्यो तुच्छ उन्माद छाडा गराई
सबै अङ्गमा जोसको भान ल्याई
तिनैको लहैमा सुनौलो जवानी-
सुकेझैँ भयो पातको विन्दु पानी ।४।

उनै बार बेला उनै रातसाँझ
बुढो भन्न थाले युवावर्ग आज
बसे हातगोडा गयो होस सारा
बनायो अहो ! कालले कर्महारा ।५।

कहाँ जानुपर्ने कताबाट आएँ
सधैँ मोहको जाल भित्रै रमाएँ
त्यसैले गराएर सर्वत्र हानि
गयो मोज गर्दै सुनौलो जवानी ।६।

म बाटो भुलेको भएँ यात्रु जस्तो
नगर्दा कुनै पुण्यको कर्म त्यस्तो
त्यसै छोड्नु पर्ने यताको कमाइ
सबै अङ्ग डढ्दा चितामा जलाई ।७।

मलामी सबै फर्किने छन् गएर
मुढो देह जल्दा खरानी भएर
पखाली बगाएर केही नराखी
सँगै साथ जाने रह्यो कर्म बाँकी ।८।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नीति

ज्येष्ठ नीति

मुक्ति पाेखरेल
बुढेसकालको कहानी -१

बुढेसकालको कहानी -१

मुक्ति पाेखरेल
सहारा

सहारा

मुक्ति पाेखरेल
सहारा

सहारा

मुक्ति पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x