कमल भैरवेलीचार ठोक्तक
अदृश्य तरबार, चलेकै छ यहाँ । भोकको अग्निज्वाला, बलेकै छ यहाँ । बिहान साधु झैँ, देखिनेका निम्ति गुल्जारयुक्त साँझ ढलेकै छ यहाँ ।
कमल भैरवेली :
१
मतिभ्रष्टहरू नै यहाँ दुधका साक्षी बिरालो हुन्छन् ।
जग्गा जमीन पसिना बगाउन नचाहनेलाई भिरालो हुन्छन् ।
के के सुन्न पर्छ अनि देख्न पर्छ यहाँ बुझ्नै गाह्रो
संसद थर्काउने र चर्का वहसहरू फगत यहाँ बसिबियाँलो हुन्छन् ।
२
जुन जोगी आए पनि, कानै चिरेका जस्ता ।
भत्ता पचाउन मात्र, सत्तामा छिरेका जस्ता ।
शालीन र भलाद्मी जस्ता देखिने पनि
भाला, खुकुरी, खुँडा र तरबार भिरेका जस्ता ।
३
जाम होइन यहाँ मामको खाँचो छ ।
कुरा होइन यहाँ, कामको खाँचो छ ।
दस मुखे दम्भी र अत्याचारी जस्ता
रावणको होइन, रामको खाँचो छ ।
४.
अदृश्य तरबार, चलेकै छ यहाँ ।
भोकको अग्निज्वाला, बलेकै छ यहाँ ।
बिहान साधु झैँ, देखिनेका निम्ति
गुल्जारयुक्त साँझ ढलेकै छ यहाँ ।
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest







































