साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कारको एकालाप

त्यही मौकामा मैले भनिदिएँ- म्याडमजी, घर पास गर्न मेरो कोठा छुट्याएर राख्ने । दुनो सोझिएपछि सटर लगाएर भाडामा दिने र मलाई गन्धे नाली सुघाउनेको हालत यस्तै हुन्छ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

‘यस ठाडालाई आजै के हुनुपरेको ?’ मालिकले मेरा गाला बटार्दै तान्यो । म अझै बलियोसाथ स्थिर भइरहेँ ।
नयाँ छँदा मालिक मलाई प्रेमबस म्वाई खान खोज्थ्यो । धुलोधुँवा, फोहरमैलाले छोला कि भनी हरेक दिन महंगो स्याम्पुले माडीमाडी नुहाइदिन्थ्यो । सफा तौलीले प्रेमपूर्वक पुछिदिन्थ्यो । रातमा पनि मलाई कपडा नओडाईकन आफ्नो विस्तरामा जाँदैनथ्यो ।

घरको नक्शा पास गर्ने बेला मेरा लागि सुन्दर कोठा छुट्यायो । केही महिना मलाई कोठामा बस्न दियो । हावाहुरी, घामपानीबाट बँचेर म आनन्दले रहन थालेँ । क्रमशः म बुढी हुँदै गएँ । मलाई कोठाबाट निकालेर गल्लीमा कोच्न थाल्यो । मेरा बस्त्र च्यातिएर नालायक बने । नयाँ किन्दिने नामै लिएन । मेरो दर्दको उसलाई रत्तिभर ख्याल रहेन ।
आज राती मलाई गन्धे नालीमा उभ्याएर ऊ भने पत्नीसँग मस्तले निदायो । रातभर परेको असिनापानीले पिटेर मेरो हुर्मत लियो । म रातभर छटपटिई रहेँ । विलौना गरिरहेँ । ऊ भने आनन्दको दुनियामा घुरिरह्यो ।

एकाबिहानै आएर दस थरीका गाली बर्साउँदै तान्दै थियो । बाबुको बिहे देखेपछि अन्तिम अस्त्र स्वरुप लातले धक्का दिएर न्वारानदेखिको बल निकाल्यो । मैले पनि आफ्नो धर्म छाडिदिएँ । एक्कासी नालीमा उत्तानो टाङ लगायो । उसकी पत्नी आएर उठाई र मतिर गिद्धे नजर गाडी ।

त्यही मौकामा मैले भनिदिएँ- म्याडमजी, घर पास गर्न मेरो कोठा छुट्याएर राख्ने । दुनो सोझिएपछि सटर लगाएर भाडामा दिने र मलाई गन्धे नाली सुघाउनेको हालत यस्तै हुन्छ ।

०००
२०८०-०४-२६
सिद्धार्थटोल, उदयपुर । हाल- सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x