साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कुकुर बन्न सक्दिनँ

चित्त बुझेन भनेर आँखा तर्न र विरोध गर्न पाइँदैन पीडा भए पनि सहनुपर्छ कुकुरले रुनु हुन्न अशुभ मानिन्छ बन्दी बनाइन्छ या ढुङ्गाले हानिन्छ उसले त केवल मालिकका अगाडि झुक्नुपर्छ मालिकपट्टि फर्केर भुक्नुहुँदैन ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

कुकुरको काम त मालिकको सेवा गर्ने हो
बस् नभनी बस्नुहुँदैन
घरभित्र पस्नुहुँदैन
दया लागेर दिए खानुपर्छ
मालिकले अह्राए मर्न पनि जानुपर्छ
कुनै गुनासो गर्नुहुँदैन

मालिकका अगाडि उभिरहनुपर्छ
मालिकले हात मागे हात दिनुपर्छ
दिनरात नभनी साथ दिनुपर्छ

मालिकले पिठ्यूँमा हात राखिदिए मात्र पनि
मख्ख पर्नु पर्छ र काँधमा बोक्नुपर्छ
अनि, मालिकका विरोधीहरूलाई झम्टनु र टोक्नुपर्छ
तर मालिकलाई कुनै चोटलाग्न दिनुहुँदैन

कुकुरको काम हड्डीमा रमाउने हो
पुच्छर हल्लाएर खुसी जनाउने हो
फलमासुमा त मालिकको अधिकार हुन्छ
नाक बजाउन पाइँदैन
जिब्रो निकाल्न र याल काढ्नसम्म पाइन्छ
तर मालिकको डाढ गर्न पाइँदैन

मालिक जहाँ गए पनि जे खाए पनि
जे उपद्रव गरे पनि जे ल्याए पनि
सुँघ्न हुन्छ शङ्का गर्न हुँदैन

कुकुरको काम मालिकको सुरक्षा गर्ने हो
आफ्नो बारेमा सोच्ने होइन
साङ्लोमा रमाउने हो मुक्ति खोज्ने होइन

मालिक त मालिक हो
ऊ बाह्रै महिना नसामा बटारिएर हिँड्न सक्छ
सुन्दरीहरूसँग लठारिएर हिँड्न सक्छ
मालिकले मति छोडे पनि
कुकुरले आफ्नो गति छोड्न मिल्दैन
दिएको खानु पर्छ माग्ने होइन
उसको काम त जगाउने हो जाग्ने होइन

अघिपछि गाली गरे पनि, ढुङ्गाले हाने पनि
वर्षमा एक दिन माला लाइदिएकै छ
गुणगान गाइदिएकै छ
के चाहियो योभन्दा बढी
कुकुरको काम ढोका ढुक्ने हो
त्यो छोडेर भाग्ने होइन
उसका त मालिक हुन भगवान्
उसमाथि जाइ लाग्ने होइन

उसले त मालिकको सालिक मात्र देखे पनि
चक्कर लाउनुपर्छ
र, भजन गाउनुपर्छ

चित्त बुझेन भनेर आँखा तर्न र विरोध गर्न पाइँदैन
पीडा भए पनि सहनुपर्छ कुकुरले
रुनु हुन्न अशुभ मानिन्छ
बन्दी बनाइन्छ या ढुङ्गाले हानिन्छ
उसले त केवल मालिकका अगाडि झुक्नुपर्छ
मालिकपट्टि फर्केर भुक्नुहुँदैन

तर विवेकलाई बन्दकी राखेर म आफूलाई मान्छे भन्न सक्दिनँ
हो महाशय, म कुकुर बन्न सक्दिनँ ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x