साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञाप्रतिष्ठानमा मातृभाषा साहित्य श्रृङ्खला सुरु

यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको छ ।

Nepal Telecom ad

काठमाडौँ, ०८० साउन २६ । नेपाल प्रज्ञा- प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ । यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको छ । यस क्रममा प्रज्ञा-प्रतिष्ठानका साहित्य (मातृभाषा) विभागका सदस्य तथा युनेस्कोका सहजकर्ता डा. सोमबहादुर धिमालले ‘धिमाल भाषाको साहित्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

यसमा धिमाल जातिका मौलिक विशेषता र परम्पराहरू, आरोहअवरोह, अवस्था, पुस्तान्तरण, चलचित्र ,गीतिसाहित्य, पत्रकारिता, लोककथा, लोकउखान, किंवदन्ती, कविता, गीत, नियात्रा आदि विधागत कृतिबारे कार्यपत्रमा उल्लेख गरिएको छ ।

यसअवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले “सबै जातजाति र समूदायका आआफ्नै भाषा छन् । तिनले बोल्ने सबै भाषा मातृभाषा हुन । भाषामा विभेद झल्किने कुनै पनि मार्जिनको जरुरत छैन । कर्मकाण्डीय रूपमा वर्षमा एकचोटि मातृभाषा दिवस मनाइन्थ्यो । त्यस परम्पराको साटो मातृभाषाको संरक्षण र संवर्धन गर्ने उद्वेश्यले मातृभाषा साहित्य शृङ्खलाको शुरु गरिएको हो । यसले मातृभाषाका स्रष्टाहरूलाई उत्साहित र प्रोत्साहित गर्ने छ” भन्नुभयो ।

यसैगरी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ झविमल निभा’ले “सबै जातजातिको मातृभाषा र साहित्य प्राण हो ।यसको उत्थान र विकासमा लाग्न मातृभाषा साहित्य शृङ्खलाले उत्साह र हौसला थप्ने छ“ भन्नुभयो ।

यसै क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यको क्रममा नेपाल बहुजातीय र बहुभाषा भएको देश हो ।यहाँ भएका सम्पूणर् मातृभाषाको संरक्षण र संवर्धान गर्ने दायित्व वहन गरेका छौँ।यसैअनुरूप मातृभाषा साहित्यको नियमित शृङ्खला सुरु गरेको बताउनुभयो ।

यसैगरी समापनका क्रममा मातृभाषा साहित्य शृङ्खलाका अध्यक्ष, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले “सबै भाषाका साहित्यिक स्रष्टाहरूले आआफ्नो स्वत्व आत्मसात् गर्नेगरी मातृभाषा साहित्य शृङ्खलाको प्रारम्भ गरिएको बताउनुभयो ।उहाँले यसअघि प्रज्ञा-प्रतिष्ठानले फेब्रुअरी २१मा पर्ने अन्तर्राष्ट्रिय मातृभाषा दिवस एकदिन मनाउने गर्दथ्यो । त्यस परम्पराको सट्टा विविध मातृभाषामा सिर्जना, संवाद र विमर्श गर्न लागेको कुरा प्राज्ञ मुकारुङले बताउनुभयो ।

यस्तै डा. सोमबहादुर धिमालद्वारा लिखित “धिमाल साहित्य“ विषयक कार्यपत्रमाथि प्राज्ञ सभा सदस्य डा.तारामणि राईले “धिमाल भाषाको साहित्य र संस्कृतिबारे सुपरिचित ता भयौँ तर कार्यपत्रलाई सापेक्षित रूपमा परिमार्जन गर्नु उपयुक्त हुने छ“ भन्ने पूरक टिप्पणी गर्नुभयो ।

यसैगरी प्रतापसिंह नाछिरिङ, रामनारायण देव, लोचना मोक्तान, विक्रममणि त्रिपाठी, सन्ध्या पहाडी, गणेशबहादुर घले, कमला शाक्य सृष्टि, र प्रकाश वान्तवा लगायतले प्रस्तुत कार्यपत्रमाथि पूरक टिप्पणी गर्नुभयो ।

यसैक्रममा तीन कविले तीन भाषाका कविता कार्यक्रममा वाचन गर्नुभयो । जसमा नेपाल सङ्गीत नाटय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य देवकुमार चौधरीले थारु भाषामा, अञ्जु राजवंशीले राजवंशी भाषामा र विनिता ताजपुरियाले ताजपुरिया भाषामा आआफ्ना कवितावाचन गर्नुभयो ।

कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका भौतिक संशाधन व्यवस्थापन महाशाखा प्रमुख तथा कवयित्री सन्ध्या पहाडीले गर्नुभएको थियो ।

०००
– चेतनाथ धमला

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x