साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्ञवालीको प्रथम कृति ‘कादम्बरी’ लोकार्पण

वरिष्ठ गजलकार बूँद रानाको प्रमुख आतिथ्य र सिसासका अध्यक्ष कमल पोख्रेल निश्छलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष छवि ज्ञवालीको स्वागत मन्तव्य रहेको थियो।

Nepal Telecom ad

भैरहवा, सिर्जनशील साहित्यिक समाज (सिसास) को आयोजनामा कृति विमोचन कार्यक्रम सुसम्पन्न भएको छ ।

सिसासका उपाध्यक्ष एवम चर्चित गजलकार सरु ज्ञवालीको प्रथम कृति ‘कादम्बरी’ गजल सङ्ग्रहको लोकार्पण कार्यक्रममा दर्जनौ स्रष्टा एवम शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो । साहित्यकार रमेश समर्थनले उक्त कृतिको विस्तृत रूपमा समीक्षात्मक टिप्पणी र संस्थाका पूर्व अध्यक्ष नारायणप्रसाद भण्डारीले गजलकार सरु ज्ञवालीको सक्षिप्त परिचय पेश गरेका थिए । अन्य दर्जन साहित्यकारहरूले शुभकामना मन्तव्य दिएका थिए । त्यसैगरी सहभागीहरूले कृतिकारको उक्त कृतिमा समावेश गरिएका रचना वाचन गरेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

आख्यानकार बनमाली निराकार, विजय सागर, रुद्र ज्ञवाली, विजयप्रसाद नेपाल, संस्थाका पूर्व अध्यक्षहरू सुरज घिमिरे दीपशिखा, तेजप्रसाद पन्थ, शशि पन्थी, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, कवि सुन्दर वासी, गोपाल भण्डारी, लक्ष्मण भण्डारी, देवीप्रसाद न्यौपाने धीर, हृदय लेकाली, डिबि पुन लगायतले कृतिकारलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा कृष्णा शर्मा (श्रेष्ठ), डा. लक्ष्मी पोख्रेल, सिता ढुङ्गाना काफ्ले, कविता देवकोटा रिजाल, सिर्जना खनाल , राधा भट्टराई, लता प्रधान, लक्ष्मी लामिछाने, साबित्री घिमिरे, गङ्गा घिमिरे, दुर्गा थापा मगर, विशेषता ज्ञवाली, मीरा ज्ञवाली, गायत्री यादव, राजेशकुमार चौधरी जिज्ञासु, तिलक लामिछाने, अनमोल शर्मा, डि आर न्यौपाने सूर्य, यज्ञलाल सुवेदी, केशव शर्मा वेल्बासे लगायतले कृतिकारका रचना वाचन गरेका थिए । उक्त कार्यक्रममा १०० भन्दा बढिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सोनु गुरुङ्ग, ठाकुरचन्द्र शर्मा, सनत श्रेष्ठ, रुद्र शर्मा दुखी, दीपक प्रधान, रामबहादुर श्रेष्ठ, थम गुरुङ्ग, बीरेन्द्र ज्ञवाली, इन्दिरा ज्ञवाली, कविता ज्ञवाली, मुक्तिनारायण पौडेल, रामराज गौतम, सारदा बिक, वासुदेव पोखरेल, मधु ज्ञवाली, बिन्दु भण्डारी, युवराज शर्मा खनाल, तेजनारायण पाण्डे, विजय पाण्डे, कृष्ण चन्द्र शर्मा, पत्रकार मनोरन्जन शर्मा, रबिन्द्रप्रताप गुप्ता लगायत कृतिकार सरु ज्ञवालीका परिवारजन एवम आफन्तजनको उल्लेख्य उपस्थिति थियो ।

वरिष्ठ गजलकार बूँद रानाको प्रमुख आतिथ्य र सिसासका अध्यक्ष कमल पोख्रेल निश्छलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष छवि ज्ञवालीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव विष्णु गजुरेलले गरेका थिए ।

०००
– कमल पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x