सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सहारा

मरे तुल्य भै बाँच्नलाई कठोर गडे नेत्र दोटै दबेको छ सोर सुके हातगोडा रह्यो मात्र सास छिनाएर आयु बिते वर्ष मास ।

Nepal Telecom ad

गयो जिन्दगानी उडेको भुवाझैँ
रह्यो देह बाँकी सुकेको कुवाझैँ
भयो एक लौरो सहारा भनेको
उता कालले बार बेला गनेको ।१।

कहाँ वृद्ध बेला कहाँको जवानी
बुझे जिन्दगी पातको विन्दु पानी
सहारा भनेका थिए बाबुआमा
बिते आज छैनन् दिदी दाजु मामा ।२।

हुँदा बाल्य बेला समाएर हात
डुलाएर हिँड्थे लिई साथ साथ
त्यही देह गल्दै गएको छ साह्रो
यता रोगले जीणर् सर्वाङ्ग पार्‍यो ।३।

युवा जोसमा होस केही भएन
जसै होस आयो उमेरै रहेन
अनेकौँ जरा रोगले गालिएको
सबैबाट एक्लो भई फालिएको ।४।

थिए बन्धुवर्गादि नाता अनेक
कुनै बाँकी छैनन् रहेँ मात्र एक
छिटै कालले हान्न खोज्दा झटारो
कसैको सहारा विना बाँच्न गाह्रो ।५।

मरे तुल्य भै बाँच्नलाई कठोर
गडे नेत्र दोटै दबेको छ सोर
सुके हातगोडा रह्यो मात्र सास
छिनाएर आयु बिते वर्ष मास ।६।

०००
सुनसरी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्येष्ठ नीति

ज्येष्ठ नीति

मुक्ति पाेखरेल
जिन्दगी

जिन्दगी

मुक्ति पाेखरेल
बुढेसकालको कहानी -१

बुढेसकालको कहानी -१

मुक्ति पाेखरेल
सहारा

सहारा

मुक्ति पाेखरेल
बूढो उमेर

बूढो उमेर

गाेपेन्द्रप्रसाद रिजाल
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
‘बा’ काव्यांश (२१)

‘बा’ काव्यांश (२१)

दीनानाथ पाेखरेल
पिता माता हुन् हाम्रा चेतना-प्रभा

पिता माता हुन् हाम्रा...

घनश्याम रेग्मी
जन्मदाताको पुकार

जन्मदाताको पुकार

हेमनाथ घिमिरे
भो जीवनी बन्जर (३)

भो जीवनी बन्जर (३)

हेम अधिकारी