साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहारा

मरे तुल्य भै बाँच्नलाई कठोर गडे नेत्र दोटै दबेको छ सोर सुके हातगोडा रह्यो मात्र सास छिनाएर आयु बिते वर्ष मास ।

Nepal Telecom ad

गयो जिन्दगानी उडेको भुवाझैँ
रह्यो देह बाँकी सुकेको कुवाझैँ
भयो एक लौरो सहारा भनेको
उता कालले बार बेला गनेको ।१।

कहाँ वृद्ध बेला कहाँको जवानी
बुझे जिन्दगी पातको विन्दु पानी
सहारा भनेका थिए बाबुआमा
बिते आज छैनन् दिदी दाजु मामा ।२।

हुँदा बाल्य बेला समाएर हात
डुलाएर हिँड्थे लिई साथ साथ
त्यही देह गल्दै गएको छ साह्रो
यता रोगले जीणर् सर्वाङ्ग पार्‍यो ।३।

युवा जोसमा होस केही भएन
जसै होस आयो उमेरै रहेन
अनेकौँ जरा रोगले गालिएको
सबैबाट एक्लो भई फालिएको ।४।

थिए बन्धुवर्गादि नाता अनेक
कुनै बाँकी छैनन् रहेँ मात्र एक
छिटै कालले हान्न खोज्दा झटारो
कसैको सहारा विना बाँच्न गाह्रो ।५।

मरे तुल्य भै बाँच्नलाई कठोर
गडे नेत्र दोटै दबेको छ सोर
सुके हातगोडा रह्यो मात्र सास
छिनाएर आयु बिते वर्ष मास ।६।

०००
सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नीति

ज्येष्ठ नीति

मुक्ति पाेखरेल
जिन्दगी

जिन्दगी

मुक्ति पाेखरेल
बुढेसकालको कहानी -१

बुढेसकालको कहानी -१

मुक्ति पाेखरेल
सहारा

सहारा

मुक्ति पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x