साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेहरू

यति वेला साँढे पीडित बाच्छाहरू साँढेहरूको चर्तिकला देखेर आश्चर्यचकित हुँदै आफैसँग प्रश्न गर्न वाध्य छन्- कहिले होला साँढेमुक्त यो चौबाटो ? कहिले होला साँढेमुक्त यो खेतबारी ?

Nepal Telecom ad

यति वेला साँढेहरू
चौबाटोमा उभिएर
एक अर्कोलाई लखेट्दै हुँकारिरहेछन्
एक अर्कोलाई तर्साउँदै डुक्रिरहेछन्
र किसानको बाली हसुरिरहेछन्
र किसानको खेतबारी खोस्रिरहेछन् !

धेरै वर्षदेखि
गरीबको बाली खान पल्केका
गरीबको परिश्रम ध्वस्त पार्न सल्केका
यी ठूला ठूला साँढेहरू
यति वेला
सिङ तिखारेर
सोझा बाच्छाहरूलाई तर्साइरहेछन्
सोझा बाच्छाहरूलाई लखेटिरहेछन् ।

निरीह बाच्छाहरू
विवश छन् शोषण सहन
बाध्य छन् पीडा खप्न ।

यतिवेला साँढेहरू
मुखुण्डो लगाएर
बुख्याँचाहरूको परेड हेर्दै
खित्का छोडेर हाँसिरहेछन् ।

यति वेला साँढेहरू
लाखेको जामा लगाएर
मुर्कटाहरूको गीत सुन्दै
ताण्डव नृत्य गरिरहेछन् ।

यति वेला साँढे पीडित बाच्छाहरू
साँढेहरूको चर्तिकला देखेर
आश्चर्यचकित हुँदै
आफैसँग प्रश्न गर्न वाध्य छन्-
कहिले होला साँढेमुक्त यो चौबाटो ?
कहिले होला साँढेमुक्त यो खेतबारी ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x