साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कतिदिन दुख खप्ने ?

रफ- गफ - कफ बोकी, नाच्न थाल्यो चुनाब । खल- कल बनियाँका, हातमा छन् मशाल ॥ नव युवक युवाका, जोसिला रक्त बेची । कति दिन भुँडी भर्ने, देश-अस्तित्व चेपी ॥

Nepal Telecom ad

चरम गरमजस्तै, भाउ चढ्दैछ आज ।
जमिन सिरू अँगेरी, झार जड्दैछ ताज ॥
दलहन तरकारी धान कोदो हरायो ।
पर मुलुकतिरैका घिच्न पर्ने गरायो ॥ १॥

‘लसुन’ सुन हीरा छन्, साग खागै समान ।
मितितिथि सकिएका, प्याक पुग्दैछ गाम ॥
भुटन र मसला वा, खाद्यका चीजबीज ।
सगरशिर चढे छन् बन्न थाल्यौँ अधीर ॥२॥

सडक सकस खाल्टा, गन्दगी नाक फोर्ने ।
कति दिन महलाले, तुण्ड हाम्रा सुमर्ने ??
कसिँगर सडकैमा, श्वानका शौच चल्छन् ।
सडक पसल ठेला यात्रु धौ- धौ छिचोल्छन् ॥३॥

कमिसन घुसखोरी, तस्करी चल्छ हौसी ।
जति पनि गबुवाले, माग्छ भैली र द्यौसी ॥
समय कति गए खै, छैन उद्योगशाला ।
मुलुक जन दुखी छन्, चिल्लिए मन्त्री-साला ॥४॥

रफ- गफ – कफ बोकी, नाच्न थाल्यो चुनाब ।
खल- कल बनियाँका, हातमा छन् मशाल ॥
नव युवक युवाका, जोसिला रक्त बेची ।
कति दिन भुँडी भर्ने, देश-अस्तित्व चेपी ॥ ५॥

सुमधुर धुन छर्ने, घोषणा- पत्र खोक्रा ।
जन जन किन बाँड्यौ, धूर्त बोक्रा र छोक्रा ॥
दल विदल बनायौ, स्वार्थ गाँठो बुनेर ।
कति दिन दुख खप्ने भ्रष्ट डाम्ना चुनेर ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x