बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

कतिदिन दुख खप्ने ?

रफ- गफ - कफ बोकी, नाच्न थाल्यो चुनाब । खल- कल बनियाँका, हातमा छन् मशाल ॥ नव युवक युवाका, जोसिला रक्त बेची । कति दिन भुँडी भर्ने, देश-अस्तित्व चेपी ॥

Nepal Telecom Spring Offer

चरम गरमजस्तै, भाउ चढ्दैछ आज ।
जमिन सिरू अँगेरी, झार जड्दैछ ताज ॥
दलहन तरकारी धान कोदो हरायो ।
पर मुलुकतिरैका घिच्न पर्ने गरायो ॥ १॥

‘लसुन’ सुन हीरा छन्, साग खागै समान ।
मितितिथि सकिएका, प्याक पुग्दैछ गाम ॥
भुटन र मसला वा, खाद्यका चीजबीज ।
सगरशिर चढे छन् बन्न थाल्यौँ अधीर ॥२॥

सडक सकस खाल्टा, गन्दगी नाक फोर्ने ।
कति दिन महलाले, तुण्ड हाम्रा सुमर्ने ??
कसिँगर सडकैमा, श्वानका शौच चल्छन् ।
सडक पसल ठेला यात्रु धौ- धौ छिचोल्छन् ॥३॥

कमिसन घुसखोरी, तस्करी चल्छ हौसी ।
जति पनि गबुवाले, माग्छ भैली र द्यौसी ॥
समय कति गए खै, छैन उद्योगशाला ।
मुलुक जन दुखी छन्, चिल्लिए मन्त्री-साला ॥४॥

रफ- गफ – कफ बोकी, नाच्न थाल्यो चुनाब ।
खल- कल बनियाँका, हातमा छन् मशाल ॥
नव युवक युवाका, जोसिला रक्त बेची ।
कति दिन भुँडी भर्ने, देश-अस्तित्व चेपी ॥ ५॥

सुमधुर धुन छर्ने, घोषणा- पत्र खोक्रा ।
जन जन किन बाँड्यौ, धूर्त बोक्रा र छोक्रा ॥
दल विदल बनायौ, स्वार्थ गाँठो बुनेर ।
कति दिन दुख खप्ने भ्रष्ट डाम्ना चुनेर ।

०००
धादिङ

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
के राज्य राज्यजस्तो बनाउने हो त ?

के राज्य राज्यजस्तो बनाउने...

बद्रीप्रसाद दाहाल (भस्मासुर)
शुभकामना भन्दैछ नयाँ वर्ष !

शुभकामना भन्दैछ नयाँ वर्ष...

बद्रीप्रसाद दाहाल (भस्मासुर)
बाघझैँ ढुक्न सक्छन् ?

बाघझैँ ढुक्न सक्छन् ?

बद्रीप्रसाद दाहाल (भस्मासुर)
गठबन्धने वार्तातन्त्र जिन्दावाद !

गठबन्धने वार्तातन्त्र जिन्दावाद !

बद्रीप्रसाद दाहाल (भस्मासुर)
छैन क्यै दूरदृष्टि !

छैन क्यै दूरदृष्टि !

बद्रीप्रसाद दाहाल (भस्मासुर)
जय- सञ्जाल, भय- जन्जाल !

जय- सञ्जाल, भय- जन्जाल...

बद्रीप्रसाद दाहाल (भस्मासुर)
बाघझैँ ढुक्न सक्छन् ?

बाघझैँ ढुक्न सक्छन् ?

बद्रीप्रसाद दाहाल (भस्मासुर)
छैन क्यै दूरदृष्टि !

छैन क्यै दूरदृष्टि !

बद्रीप्रसाद दाहाल (भस्मासुर)
जय- सञ्जाल, भय- जन्जाल !

जय- सञ्जाल, भय- जन्जाल...

बद्रीप्रसाद दाहाल (भस्मासुर)
बन्डा मिल्दा ठन्डा भए

बन्डा मिल्दा ठन्डा भए

बद्रीप्रसाद दाहाल (भस्मासुर)
देखेर हाँस्यो चिता ?

देखेर हाँस्यो चिता ?

बद्रीप्रसाद दाहाल (भस्मासुर)
फेसबुके महाभारत

फेसबुके महाभारत

बद्रीप्रसाद दाहाल (भस्मासुर)