साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो पौरख

खर्बाैँ खर्ब पुगेछ लोन अहिले मात्रै विदेशीसित । भित्री लोन छ उत्तिकै शिव हरे ! हाम्रै स्वदेशीसित ॥ मन्दी चल्नुु चल्यो सबै महँगिए ‘गोविन्द’ हाम्रा प्रजा । सत्ता पग्रनमा विलम्बित भए मार्छाैँ छलाङे मजा ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

नौला कार जहाज वाहन लिई गुड्दै र उड्दै हिँड्यौँ ।
अग्ला भव्य विशाल जो महलमा आराम गर्दै जियौँ ॥
रम्भाका हुलमा बसी रस पियौँ पर्देशकै वारुणी ।
मिथ्यालाप फिँजाउँदै खरबका स्वामी बन्यौँ मारुनी !!

साँच्चै जीवन मोज भोज रमिता ठम्याउँदै हिँड्दछौँ ।
सच्चा न्याय उदात्त शासन कथा दाह्रा किटी पिट्दछौँ ॥
स्वार्थै स्वार्थ पिएर लुछ्नु लुछियो भण्डार मस्ती चर्‍यौँ ।
पर्देशी कति बैङ्क टन्न भरिँदा पुस्तौँ सपार्ने गर्‍यौँ !!

गाँठो बाँध्न सिपालुु खप्पिस हुँदा मार्‍यौ छलाङै कति ।
नाना दर्शन वा विचार मतको मूलै गरायौँ खति॥
हाम्रो दर्शन ‘गाँठ—बन्धन’ अहा ! बण्डा भर्‍यौँ भाइमा ।
धेरै दाइँ गरी भकुुर्नु भकुुर्‍यौँ छुुट्याउँदै दाइमा ॥

छेपारो जतुका(चमेरो) निशाटन (उल्लू) शिवा(स्याल) काकोलका भाइ छौँ ।
गामी अग्र र पश्च ऊर्ध्व जुन हुन् सत्ता मिले हाइ हौँ॥
चल्छन् नाटक संसदे भवनमा दोहा उखाने कुरा ।
रल्लिन्छन् अनुुगामी भोटर यहाँ रैती धुरा हुन् भुरा॥

खर्बाैँ खर्ब पुगेछ लोन अहिले मात्रै विदेशीसित ।
भित्री लोन छ उत्तिकै शिव हरे ! हाम्रै स्वदेशीसित ॥
मन्दी चल्नुु चल्यो सबै महँगिए ‘गोविन्द’ हाम्रा प्रजा ।
सत्ता पग्रनमा विलम्बित भए मार्छाैँ छलाङे मजा ॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x