साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लभराजको प्रेम !

कसैले विर्यदान दिएको भरमा र कसैले पाठेघरमा नौ महिना राखेको आधारमा नै बाबा र आमा भएको गर्वबोध गर्ने अनि लभराजको प्रेममा नै रमाइलो गर्नेहरूलाई बाबा- आमा हुन् नभनेर असती हुन्, पापी हुन्, राक्षस हुन्, दानव हुन्, नरपिचास हुन् ।

Nepal Telecom ad

गायत्री लम्साल :

लभराज भनेको यही हो भनेर किटान गर्ने सवालमा हामी फिटान हुन पटक्कै पर्दैन । लभराज माने म, हजुर, तपाइँ, तिमी, तँ, ऊ, उनी, उनीहरू सबै हौँ भनेर बुझ्दा हुन्छ । जसले लभ गर्न जानेका हुन्छन् तिनीहरू नै हुन् क्या लभराज । महिला पुरुष जुनसुकै हुन्छन् लभराज । त्यसै गरी कर्मचारी, शिक्षक, विद्यार्थी, नेता, व्यापारी, आधुनिक साधुसन्त र महाजन देखि जो सुकै रोजगार गर्ने मात्र होइन बेरोजगार गर्ने समेत हुन्छन् लभराज । जो, जहाँ, जहिले, जस्तो, जसरी, जिनसुकै भए तापनि यिनीहरूको लभ गर्ने शैली मिल्छ, तौरतरिका मिल्छ, उद्देश्य मिल्छ यी र यी जस्तै मिल्ने कुराहरू बाहेक नमिल्ने कुरा समेत मिलेको देखेर हामीहरूले टाउको दुखाउनु पर्दैन है शुरुमै भन्द्याछु नि मैले ।

अँ साँच्ची लभराजहरू लभ गर्ने सवालमा कन्जुस हुन सक्दै सक्दैनन् । चौबिसै घण्टा लभ गरिरहन्छन् । विहानै उठेर किचनमा छिर्दा जो छ उसैसँग लभ, त्यसपछि मडिङ्वाकमा निस्केको होस् कि अन्य वाकमा त्यही लभ, अनि खाना खानेबेलामा उसैलाई लभ, त्यसपछि फेरि रोजगारको ठाउँमा होस् कि बेरोजगारको ठाउँमा त्यही पनि लभ गर्न जानेपछि उनीहरूलाई लभराज नभनेर के भन्नु खै ? लभराजहरूको लभशास्त्र जानिनसक्नुको छ । थामिनसक्नुको छ । लभराजहरू लभ गरी गरी गिनिजबुकमा नाम लेखाउन आतुर छन् । लभराजहरू जुनसुकै लिङ्ग, जातजाति, भाषा, धर्मका हुन्छन् । जुनसुकै जे जे का भए तापनि सबै कामकुरामा लभ मात्र गर्नु अन्य केही नगर्नु यिनीहरूको साझा विशेषता हो ।

लभराजहरूलाई लभ गर्न पाएपछि अरु केहीको पनि वास्ता हुँदैन । छोराछारीहरू भोकले मरुन् वा रोगले यिनीहरूलाई केहीले छुँदैन । मात्र लभ गर्न पाए हुन्छ । त्यही पनि एकै दिनमा धेरै ठाउँमा, धेरैका नाममा । जमाना आधुनिक भएर त होला यिनीहरूले लभ गर्ने शैली पनि निकै आधुनिक छ । लभराजले लभ गर्न थालेपछि लभ गर्ने व्यक्ति वाहेक अरु मरेपनि प्रवाह हुँदैन । आफूले दिनदिनै अरु सँग लभ गर्न पाएनन् भने आफ्नै परिवारको, आफ्नै श्रीमान/श्रीमती अनि छोराछोरीको घाँटी नै अँठ्याउन सक्छन् । निकै महान् छन् लभराजहरू । आफू जस्ता छन् अरुलाई पनि उस्तै सोच्छन् यिनीहरू । लभराजहरू प्रेम गर्न पल्केपछि, अरुकै जहानसँग सल्केपछि आफ्नै बाबा आमा बिरामी हुँदा समेत उनीहरूलाई केहीले छँुदैन । मानसिक रोगको उपचार नपाएर आफ्नै जन्मदाता हराउँदा समेत चिन्ता भन्ने कुरोले पटक्कै छुँदैन । लभराजहरू महान् छन् निकै बहादुर छन् । आफुलाई एकलौटी माया गर्ने श्रीमान् होस् वा श्रीमती भोकै पर्दा, बिरामी पर्दा, दिनरात उनको आँखाबाट आसुँ झर्दा समेत यिनीहरू ढुङ्गा जस्तै अटल भएर बस्न सक्छन् । तँ मरे पनि केही छैन मैले त आफू भन्दा बीस वर्ष कान्छो वा कान्छीसँग लभ गर्न पाउँछु भन्छन् ।

लभ गर्ने सवालमा विद्यावारिधीको प्रमाण पत्र लिएका हुन्छन् लभराजहरूले । त्यसैले त यिनीहरूले जानेको भनेकै चौबिसै घण्टा लभ गर्न हो । बोलीमा जादुको छडी मिसिएको हुन्छ उनीहरूमा । लभराजहरूले घरमा भैँसी त पालेका छैनन् तर परिवार भन्दा बाहिरका सँग बोल्दा भैँसीको नौनी भन्दा पनि मिठो र चिल्लो घसेर बोल्छन् । बोली बोली सबैलाई मख्ख पारेर निकै ठूलो मान सम्मान कमाउन खप्पिस हुन्छन् यिनीहरू । साहित्य भन्ने कुरो एक अक्षर लेख्न नजाने तापनि बोलेर कथा बनाउन, आफ्नो गल्ती लुकाएर त्यो गल्ती आफ्नो वैधानिक श्रीमान् वा श्रीमतीले गरेका हुन् भनेर भनाउन खप्पिस हुन्छन् । हाम्रो समाज पनि निकै असल छ । लभराजहरूले जे-जे भन्छन् त्यही कुरालाई साँचो हो भन्ठानेर लवराजहरूलाई नै पूजा गर्छन् ।

कसैले नपाएको शक्ति पाएका छन् लभराजहरूले । अचम्मकै आँट, हिम्मत र साहस छ उनीहरूमा लभ गर्नलाई । लभ गर्न पाएपछि उनीहरूले आफ्नो धरातल बिर्सन्छन्, हैसियत बिर्सन्छन्, नाम बिर्सन्छन्, अधिकार बिर्सन्छन्, कर्तव्य बिर्सन्छन्, जिम्मेवारी र दायित्व बिर्सेर भए तापनि जस- जसलाई जहाँ- जहाँ लभ गर्न पर्ने हो त्यो भने ठ्याक्कै सम्झन्छन् । लभराजहरूले लभ गर्न थालेपछि आफ्ना/आफ्नी बैधानिक श्रीमान/श्रीमती र आफ्ना छोराछोरीलाई बाहेक अन्य सबैलाई चौबिसै घण्टा लभ गर्नलाई साम, दाम, दण्ड, भेदका हतियार प्रयोग गर्दछन् ।

लभराजहरू यति धेरै साहसी हुन्छन् कि उनीहरूको शाहस र हिम्मतलाई कसैसँग पनि तुलना गर्न मिल्दै- मिल्दैन । लभराजहरू आफ्ना छोराछोरीलाई आफ्नो पहिलो, दोस्रो, तेस्रो विहे हेर्न लगाएर गर्व गर्न सक्छन् । आफुले अर्कोसँग थप विहे गर्नलाई आर्थिक समस्या परेको छ भने छोराछोरीसँग लाजै नमानि पैसा माग्न सक्छन् । विहेगर्ने उमेरका छोराछोरीसँग आफ्नो विहेको कुरा गर्न गर्वको अनुभूति गर्छन् । छोराछोरीलाई आफ्नो बिहे देखाउन मज्जा मानिरहन्छन् । सबैले आदर सत्कार गर्नपर्छ लभराजहरूलाई । यी र यस्ता गज्जबका कुरा सबै लभराजहरूको साझा विशेषता हुन् । कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।

उसै त व्यङ्य लेख्नु छ अलि कलि कुरा काट्ने र कथा नबनाउने हो भने त लेख्नेले के लेख्नु ? पढ्नेले के पढ्नु ? हाम्रै घरमा, हाम्रै टोलमा, हाम्रै छरछिमेकमा धेरै छन् लभराजहरू । हामी सानो छँदा केही कामकुराहरू गरेको अरुले पत्याएनन् भने विश्वास दिलाउनलाई विद्या कसम भनेर कसम खाइन्थ्यो । आजभोलिका लभराजहरूमाथि आफ्ना परिवारले शंका गरे भने साँच्चै हो मैले तिमी बाहेक अरु कसैलाई माया गरेको छैन, छोएको छैन भन्दै श्रीमतीको कसम, श्रीमान्को कसम अनि छोराछोरीको कसम खाने गुणको जुरो पलाएको छ । जे-होस्, जस्ता -होस्, जहाँ होस्, जहिले होस् पलाएको कुरा हाम्रो हो, पलाएको कुरा राम्रो हो । अरु सबैसँग सबैले प्रतिस्पर्धा गर्न सकिएला तर आजभोलिका नयाँ लभराजहरूसँग भने प्रेम गर्ने सवालमा प्रतिस्पर्धा गर्न भने निकै गाह्रो छ ।

समग्रमा सबै लभराजहरूले सबैसँग लभ गरे तापनि, प्रेम गरे तापनि हामीहरूलाई टाउको दुखाई केही छैन । मौलिक हक नै स्वतन्त्रताको हक छ भने लभराजहरू स्वतन्त्र हुन नपाउने कुरो भएन । लभराजहरूले प्रेम गर्ने सवालमा भने आफूले आफ्नै र धेरैले धेरैका बालबच्चाहरूको विचल्ली पारेका छन् । बेहाल बनेका छन् । कसैले विर्यदान दिएको भरमा र कसैले पाठेघरमा नौ महिना राखेको आधारमा नै बाबा र आमा भएको गर्वबोध गर्ने अनि लभराजको प्रेममा नै रमाइलो गर्नेहरूलाई बाबा- आमा हुन् नभनेर असती हुन्, पापी हुन्, राक्षस हुन्, दानव हुन्, नरपिचास हुन् अन्य सबै नराम्रा शब्द जति सबै हुन् भनेर लेख्नेले लेखियो र पढ्नेले पढियो भने तापनि त्यो पाप लभराजहरूलाई नलागोस्, जसले लेख्छ, जसले पढ्छ उसैलाई लागोस् । लभराजहरूको जय होस् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
बोरिङका टी-चर

बोरिङका टी-चर

गायत्री परिरोशनी
गुट उद्योग

गुट उद्योग

गायत्री परिरोशनी
लौन लायो !

लौन लायो !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x