साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्मी गर्दै छ खल्बल

छन्दका नाममा बन्द कस्ने बन्धनका गुरु गुरु दुष्टहरूभन्दा दुष्ट गर्मी भयो सुरु ! भाषाभाव सबै मारी छन्दका स्वाङमा यता कवि नाटकका भन्दा ज्यादा गर्मी जतातता !!

Nepal Telecom ad

कलानिधि दाहाल :

गर्मी गर्मी अझै ज्यादा पीडा भित्र पिलाउँछ
पगाली हाडका टुक्रा पसिना यो बगाउँछ !
हप्प हप्प छ यो धप्प उभिँदै ढाल्छुझैँ यता
परपीडक नेता र गर्मी उस्तै जतातता !!

ज्वालामुखी उठेजस्तो चर्म चस्चस हुन्छ यो
बिच्छी भित्र पसी टोकी दुखेझैँ दुःख दिन्छ यो !
टपरेले ठगेजस्तै यजमानहरू यता
गर्मी पुरेत यो ओर्ली नाचेको छ जतातता !!

शक्तिसञ्चयका साथ गुण्डो जमात ओर्लियो
डकैती शीतका थोपा खोसी लिएर कुर्लियो !
गुण्डो दुर्वल ऊ भाग्छ तर भाग्दैन यो यता
लूट नायक नेताको गुरु बन्छ जतातता !!

आफैँ प्रचण्डको चण्ड अर्को छैन ऊ ठान्दछ
तानाशाह बनी भित्र बाबु हिट्लर मान्दछ !
हरिया प्रेमका प्याला घुड्काउँदछ घुट्घुट
प्रचण्ड चण्ड चार्वाक राम्रो पार्छ सफाचट !!

सेनाबूट उचालेर धुलो उडे सरी गरी
क्रूर सैनिकझैँ सोला दिँदै हिँड्छ घरी घरी !
निर्विवेकी कुनै आमा बच्चाकाल भई यता
घुमेझैँ आज यो गर्मी घुमेको छ जतातता !!

प्रणयी प्यारको घैँटो रित्तिएर फुटेसरी
प्रेमी उन्मादले ग्रस्त घाँटी ङ्याँक्न जुटेसरी !
भोको सिँह बनेको छ आज गर्मी यता किन
धर्म उन्मादका नेता नाचेझैँ नाच्छ छिन्छिन !!

ज्ञानविहीन विज्ञान आगो बारुदको बली
सभ्यता सार निख्लाम पारी गर्दछ खल्बली !
बरु जोगिन्छ मान्छे यो देखिने चिजमा कतै
तर अदृश्य ओर्लेर गर्मी खान्छ जताततै !!

छन्दका नाममा बन्द कस्ने बन्धनका गुरु
गुरु दुष्टहरूभन्दा दुष्ट गर्मी भयो सुरु !
भाषाभाव सबै मारी छन्दका स्वाङमा यता
कवि नाटकका भन्दा ज्यादा गर्मी जतातता !!

फोहोरी खेलका नेता गुण्डानायकका धन
भौतिक भूतका भोका हुन्नन् मानवका पन !
गर्मी गुण्डो महामुण्डो सण्डमुण्ड झरी तल
अधर्मी मुटुको बैँस ज्यादा गर्दै छ खल्बल !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x