बद्रीप्रसाद दाहाल ‘भस्मासुर’नलेख्ने किन ?
जो जो लुट्छ खुला र चुस्छ जनता, निन्दा नगर्ने किन ? जो जो कुट्छ र चुट्छ कानुन भने, मौनी न हौँ सज्ज ॥ छोरी बैनी र सङ्गिनी सुतसुता, बेच्छन् भने दुर्जन । त्यस्ता भ्रष्ट र दुष्ट राक्षस सडून्, भन्दै नलेख्ने किन ?॥

बद्रीप्रसाद दाहाल :
लेख्ने मोड थिएन आज तर हा ! घोच्यो कसैले मन ।
जागा पारिदिएर ईख थपियो, फाल्दैछु क्यै गन्थन ॥
गाली लेख्न हुँदैन क्लिष्ट रचना, कोर्दै नकोर्नू अब ।
सारा बुझ्न सकून् पढेर रचना, राख्छन् शुभेच्छा तब ॥
जो जो लुट्छ खुला र चुस्छ जनता, निन्दा नगर्ने किन ?
जो जो कुट्छ र चुट्छ कानुन भने, मौनी न हौँ सज्ज ॥
छोरी बैनी र सङ्गिनी सुतसुता, बेच्छन् भने दुर्जन ।
त्यस्ता भ्रष्ट र दुष्ट राक्षस सडून्, भन्दै नलेख्ने किन ?॥
दर्पै दर्प र सर्प वृत्ति फिजिँदा टाठा नबन्ने किन ?
भ्रष्टै भ्रष्ट र कष्टदायक बढे लाठा नबन्ने किन ॥
गोलाबारुदमा मुछेर रचना, छड्काउनू धर्म हो ।
लेख्ने मोड बनाउँदै कलमले चड्काउनू कर्म हो ॥
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































