साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कैले हुने मालिक ?

झन् आयात बढेर जर्जर भयौँ निर्यातमा शून्य छौँ । झन् उत्पादन घट्न गै क्रय मरी, धान्नै नसक्ने भयौँ ॥ सर्कारी सब आकडा फजुलका झुक्याउने पुन्तुरा । बन्दैछन् जनता विरक्त अहिले सुन्दै सुनेनन् कुरा ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

ए हाम्रा प्रभु हो, कयौँ दिन बिते, षड्यन्त्रका जालमा ।
बस्दैनन् नव यौवनाजति अहो, यो देश नेपालमा ॥
कुर्ची भाग लुँछाचुडी, अति चल्या, हैरान देख्दै भयौँ।
कस्तो मोज र भोज लोभ चरूवा, देख्दै हतासा भयौँ ॥

झन् आयात बढेर जर्जर भयौँ निर्यातमा शून्य छौँ ।
झन् उत्पादन घट्न गै क्रय मरी, धान्नै नसक्ने भयौँ ॥
सर्कारी सब आकडा फजुलका झुक्याउने पुन्तुरा ।
बन्दैछन् जनता विरक्त अहिले सुन्दै सुनेनन् कुरा ॥

व्यर्थै पैँतिस वर्ष अल्मल भयो, मात्रै गफाडी बढे ।
सत्ता रक्सी र बोक्सीझैँ किन बन्यो दम्भी घमण्डी चढे ॥
कैले चेत पलाउला ? शिव हर, पाषाणका सालिक ।
नेपाली जनता, विधान बलमा, कैले हुने मालिक ? ॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x