साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चा र बुँख्याचा

धन्य चम्चा ! महाचम्चा सहचम्चा ! तँ धन्य छस् । 'बुख्याचा' जनता बिर्सी, अधर्म कति गर्दछस्? ॥ प्रशस्ति स्तुति मीठा छन्, नमीठा गुरु-दर्शन । चम्चाकै आड पाएर, 'बुख्याचा' गर्छ गर्जन ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

धेरैको पसिना खोसी, झोसी उद्दण्ड-क्रान्तिमा ।
बलिदान मिटाएर, लाग्यो संपत्ति क्रान्तिमा ॥१॥

इमानी जति बेमानी, अभिमानी छ नायक ।
भाट-चाप्लुसका भीड, बोकेको खल-नायक ॥२॥

शक्तिको आडमा ढाड, सेकियो पृष्ठभूमिको ।
क्षमता-प्रतिमा टोकी, चम्चा-चाकर रोजियो ॥३॥

जहाँ पालिसका जिब्रा, ‘जी’ ‘हजुरी’ नचाउँछन् ।
शक्ति पाएर ‘बुख्याचा’चम्चाभित्रै हराउँछन् ॥४॥

लात हानिन्छ मातृत्व, भ्रातृत्व छ उपेक्षित ।
शक्तिको-मात ‘बुख्याचा’ मत्त-उन्मत्त-तेजित ॥५॥

चम्चा चाकरीका गाना, सुनाई शक्ति-माझमा ।
बुख्याचा ओठका भक्ति, भित्रै देख्दछ दर्शन ॥६॥

खुराफात सबै बात, चम्चा शक्ति घुमाउँछ ।
बुख्याचा भ्रम पालेर, इमानी चैं रुवाउँछ ॥७॥

धन्य चम्चा ! महाचम्चा सहचम्चा ! तँ धन्य छस् ।
‘बुख्याचा’ जनता बिर्सी, अधर्म कति गर्दछस्? ॥८॥

प्रशस्ति स्तुति मीठा छन्, नमीठा गुरु-दर्शन ।
चम्चाकै आड पाएर, ‘बुख्याचा’ गर्छ गर्जन ॥ ९॥

०००
डिबडिबे (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x