साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्कृष्ट वाद अवसरवाद

यी  सबैलाई भविष्यमा साकार पार्नको लागि वर्तमानमा गर्नुपर्ने महत्त्वपूर्ण काम भनेको अवसरवादको प्रयोग गर्नु हो । किनकि आजको युग भनेको प्रयोगको युग हो । आज हामीले सबैभन्दा उत्कृष्ट वाद भनेको, अवसरवाद हो भन्ने कुरा छर्लङ्ग बुझ्यौं ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

प्यारा भाइबैनीहरू, आजको कक्षामा म तपाइँहरुलाई वादको बारेमा पढाउँछु । कक्षामा मह‌ङ्गीले झर्को र सर्को लागे पनि ध्यानपूर्वक बस्नोस् ल । भाइबैनीहरूलाई लाग्न सक्छ वाद भनेको के हो ? वाद कति प्रकारका हुन्छन् ? यसका गुण र अवगुणहरू के-के हुन् ? सबैभन्दा राम्रो वाद भनौं वा उत्कृष्ट वाद कुन हो… आदि तमाम प्रश्नका पुच्छरहरूले तपाइँहरूको दिमागलाई लामो बनायो होला । चिन्ता नमान्नुहोस्, बाह्र वर्षसम्म कुकुरको पुच्छर ढु‌ङ्ग्रामा राख्दा पनि बाङ्गै भएझै बाह बीस वर्ष अगाडिबाट विकास हुँदै आएका वादहरूमा पनि कुनै परिवर्तन भएको छैन ।

विषय वा प्रसङ्गले सही अर्थ नलगाउने हो भने वादका अगाडि जोडिने र पछाडि मोडिने कुराहरूलाई, शब्दहरूलाई बेवास्ता गर्यो भने वादको शाब्दिक अर्थ वाहिघात बात नै हो भनेर ठोकुवा गर्नु भए हुन्छ, यदि निहुँ खोज्नलाई कोही पुर्पुरोमा पिलो लिएर आइहाले भने पनि महावादको मियोले ठोक्दिनु भए हुन्छ । ‘कानूनको सय चोट, वादको एकै चोट’ कसो ? प्यारा भाइबैनीहरू तपाइँहरू त आजका एक्काइसौँ शताब्दीका विकसित विद्यार्थी । आँ गर्दा अल‌ङ्कार बुझिहाल्नुहुन्छ । अब जोड्‌नुहोस् त वादलाई अगाडि शब्दहरू राखेर । जनवाद, बहुलबाद, पूँजीवाद, सामन्तवाद, साम्यवाद, समाजवाद… आदि सबै आदर्शवाद अन्तर्गत पर्दछन् एकातिर भने अर्कोतिर व्यावहारिक वाद अन्तर्गत यी माथिका वादहरू पुनः यसरी परिवर्तन हुन थाल्छन् खाओवाद, जाओवाद, चपाओवाद, पड्‌काओवाद, भत्काओवाद, फोरओवाद, थर्काओवाद, जितुवावाद, हरुवावाद, सरुवावाद, चरूवावाद, मरुवावाद, भरूवावाद… वादैवादका बुर्जुवाहरू जन्मिएका जन्मियै छन्, उम्रिएका उम्रियै छन्, धाराप्रवाह रूपमा, प्रतिस्पर्धी धारमा तर पनि सबै आ-आफ्नै अगाडि बढ्ने तालमा ।

अँ साँच्ची ‘दूध दुहुनलाई घिउको खाँचो, कनिकामा नै तताएँ त्यही पनि काँचो’ । तपाइँहरूलाई अब वाद कति प्रकारका हुन्छन् भनेर सोध्ने बेला भएको छ, वादको इतिहास र वर्तमान गोड्ने बेला भएको छ । आफू पनि वादबाट नै आएको शिक्षक परियो, केटाकेटीले दुईचार प्रश्न सोध्दा पनि हारियो क्यारे । त्यसैले पनि वादका ठ्याम्मै तीन प्रकार छन् भनेर भन्न झ्याम्मै नमिले तापनि मोटामोटी रूपमा दुई प्रकार नै भएको हामीले फेला पारेका छौं । एउटा हो परापूर्वकालदेखि, इतिहासदेखि भविष्यसम्म लेखिएका वाद त्यस अन्तर्गत पर्दछन् पूँजीवाद, सामान्नवाद, साम्राज्यवाद, समाजवाद, साम्यवाद, जनवाद, बहुलवाद, माओवाद…. थुप्रै वादहरू एकातिर भने अर्कोतिर त्यस बाहेकका अरू सबै लोकतान्त्रिक वादहरू व्यवहारमा प्रयोग गरिने वादहरू अन्तर्गत अवसरवाद, खाओवाद, जाओवाद, भोलिवाद, लोभीवाद, मन्त्रीवाद, राष्ट्रपतिवाद, उपप्रधानमन्त्रीवाद, मन्त्रालयवाद आदि… सबै आजका लोभलाग्दा, भरोशालाग्दा, आशालाग्दा वादहरू हुन् ।

एक्काइसौँ शताब्दीका प्यारा भाइबैनीहरू, जमाना गुण र अवगुणको छ फाइदा र बेफाइदाको छ, त्यसैले तपाइँहरूलाई लाग्न सक्छ कुन वाद राम्रो छ ? कुन वाद असल छ ? हामीलाई थाहा नै छ आजको युग प्रयोगको युग हो । लेखेका कुराको कुनै औचित्य छैन । किताबका राम्रा माछा र विधानका मिठा कुराले कोही अधाउनेवाला छैन । त्यसैले पनि तपाइँहरूले वादलाई रोज्दा, वादलाई खोज्दा, वादलाई अपनाउँदा पहिले परापूर्वकालदेखिको वादलाई छोडेर आधुनिक लोकतान्त्रिक किसिमको वादलाई रोज्नुहोला, खोज्नुहोला, अपनाउनुहोला अन्यथा तपाइँहरूको अस्तित्व रहनेवाला छैन । त्योभन्दा पनि सबैभन्दा राम्रोवाद, सबैभन्दा उत्कृष्ट वाद भनेको त अवसरवाद नै हो । अगाडि बढ्नको लागि, कुर्चीमा चढ्नको लागि सबैवाद छोडेर अवसरवाद नै रोज्नुपर्छ । इतिहासदेखि भविष्यसम्म नै मूल्याङ्कन गर्दा पनि अन्य सबै वादहरूको राम्रोसँग प्रयोग हुन सकेको छैन तर अवसरवाद भने दिन दुई गुणा र रात चौगुणा फस्टाएको छ । मोटाएको छ । दिन अवसरवादको नै छ, रात अवसरवादको नै छ । मात, साथ, भात, घात… सबै अवसरवादकै आडमा छ । राजनीति मात्र होइन समाजनीति, घरनीति र व्यवहारनीति सबै अवसरवादमा छन् । अन्य कतैबाट नआउने शक्ति, अन्य कसैबाट नपाइने भक्ति सबै अवसरवादबाट पाइन्छ ।

प्यारा भाइबहिनीहरू विश्वमा कहीं नभएको नेपालको उत्कृष्ट राजनैतिक प्रगतिको मुख्य कारण अवसरवाद नै हो । नेताले के-के वादका अन्त्य, के-के वादका पुनर्वहाली भनिरहे तापनि सबै पार्टीले, सबै नेताले प्रयोग गरिरहेको वाद भनेको अवसरवाद नै हो । सबैलाई कुर्ची पुग्ने, सबैलाई मन्त्री नमिल्ने, सबैलाई सत्ता, शक्ति र भक्ति मिल्ने उत्कृष्ट वाद भनेको आजको अवसर – वाद हो । समय अनुसार सभ्यताको शिखर चढ्न सफल अवसरवादलाई व समात्न जानेनौं भने तपाइँ हामी पनि प्राचीन युगतिर नै फर्कन्छौँ । त्यसैले मेरा प्यारा भाइबैनीहरू आजैदेखि नै यो सानो अवस्थाको कलिलो दिमागमा यस – वादलाई प्रयोग गर्न थाल्नुहोला । अन्यथा तपाइँहरूको भविष्य राम्रो हुनेछैन ।

प्यारा भाइबैनीहरू मेरा कुराहरूलाई राम्रोसँग ग्रहण गरिदिनुहोला । तपाइँहरूको मनमा कसैलाई डाक्टर हुने रहर होला, कसैलाई इन्जिनियर, कसैलाई प्रधानमन्त्री, कसैलाई राष्ट्रपति… थुप्रै थुप्रै रहरका मुनाहरू पलाएका छन्, यी  सबैलाई भविष्यमा साकार पार्नको लागि वर्तमानमा गर्नुपर्ने महत्त्वपूर्ण काम भनेको अवसरवादको प्रयोग गर्नु हो । किनकि आजको युग भनेको प्रयोगको युग हो । हवस् त भाइबैनीहरू आज हामीले सबैभन्दा उत्कृष्ट वाद भनेको, अवसरवाद हो भन्ने कुरा छर्लङ्ग बुझ्यौं । भोलिको कक्षामा हामीले आजको जस्तै उत्कृष्ट नीतिको बारेमा चर्चा गरौंला । अहिलेलाई यति नै भोलि भेटौँला ।

०००
स्याङ्जा ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गायत्रीकुमार चापागाई
गायत्रीकुमार चापागाई
1 year ago

व्यङ्ग्य सशक्त समसामयिक राजनीतिक परिवेशलाई टपक्क टिपेको वाद

Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
1
0
Would love your thoughts, please comment.x
()
x