साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरु, गधा र राजनीति !

भारी बोक्नु गधाको धर्म हो । बौद्ध, जैन, हिन्दू, मुसलमान, सिख, क्रिश्चियन जस्को भारी पनि ऊ निष्ठापूर्वक बोकिदिन्छ । बस् उसलाई न जाति, धर्म, न ठूलो सानु, न धेरै थोरै केहीको पनि मतलब हुँदैन ।

Nepal Telecom ad

विश्व शाक्य :

दर्शन शास्त्र, समाज शास्त्र र धर्म शास्त्र जस्ले जे भनिएको भए तापनि मैले अनुभव गरेको कर्मशास्त्रको आधारमा म यत्ति अवश्य भन्न सक्छु कि ” गुरु ” त्यो जन्तुको नाम हो जसलाई सैद्धान्तिक ज्ञानमा भन्दा पनि व्यावहारिक ज्ञानको बढी जानकारी हुन्छ ।

रातारात “ईघरका माल उधर” गरेर लखपति, करोडपति बने झै उताका पन्ना यता, यताका पन्ना उता गरे- र ठेलीका ठेली किताब तयार पारी जतासुकै डा. झुण्डयाउँदैमा त्यो व्यक्ति “गुरु” बन्न सक्तैन । “गुरु” हुनलाई ईमान्दारी, सत्यनिष्ठा र लगनशीलता हुन सारै जरुरी पर्दछ र नैतिकताको लौरो टेकेर आदर्शको मार्गमा “लुरुलुरु ” हिँडेको हुनुपर्छ ।

‘जाँगर न साँगर खाने बेलामा आँ गर’ भने झै डा. को विल्ला झुण्डाएर कार र मोटरसाईकल कुदाउने औकात राख्दैमा तिनलाई गुरु मान्न सकिदैन । यसरी हिँड्न गुरुहरुलाई सुहाउन पनि सुहाउँदैन । औकातले पनि भ्याउँदैन । वास्तवमा त्यो सच्चा गुरुको लक्षण पनि होइन् ।

सादगी, स्वावलम्बन र प्रज्ञाभाव गुरुको आभूषण हो, सम्पत्ति हो । सत्यनिष्ठता, समानता र हो । अन्यथा ” गुरु” हुनुमा र “गोरु ” उत्सर्ग गुरुको प्राण हुनुमा केही भिन्नता हामी पाउन सक्तैनौं । तुलनात्मक दृष्टिले नै हेर्ने हो भने गोरु अथवा ‘ गधा’ हुनुमा गौरव महशुस गर्न सकिएला तर वीर्यहीन, प्रज्ञारहित र लालची ” गुरु ” मा त्यो सम्भव रहन्न ।

गधा मानिस जस्तो एक सामाजिक प्राणी नहुन सक्छ । मानिस र गधा बीचको सन्तुलन कतै विग्रेको हुन सक्छ भने त्यो एउटै ठाउँ हो “बौद्धिकता ” । मानिसलाई यही बौद्धिकताले कतै गधा हुनुबाट जोगाई रहेको छ भने कतै यही बौद्धिकताको कारण “गधा” मानव जनजीवनमा “नायक” बन्न पुगिरहेको छ । शायद यो दोष बौद्धिकताको नभएर स्वार्थको मोती विन्दुले छोपेको बौद्धिक आँखाहरुको हो ।

गधा समाजसंग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने प्राणी भएको नाताले व्यावहारिक मानव जीवनका गतिविधिहरुमा पनि यसले प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने हुन्छ ।

अल्प बुद्धिको उपमा दिनु पर्दा हामी “गधा” को संज्ञा दिने गर्छौं । तर अपशोच ! गधामा जत्ति सत्य निष्ठता, ईमान्दारिता र व्यावहारिक समानता पाउन सकिन्छ त्यो प्रजातन्त्र र समानताको नारा दिने राजनीतिक प्रतिवद्धहरुमा पनि पाउन सकिंदैन । कारण गधालाई भोटको लोभ पनि हुँदैन ।

सिद्धान्तको अहङ्कार पनि हुँदैन । सत्ताको लालच पनि हुँदैन । भारी बोक्नु गधाको धर्म हो । बौद्ध, जैन, हिन्दू, मुसलमान, सिख, क्रिश्चियन जस्को भारी पनि ऊ निष्ठापूर्वक बोकिदिन्छ । बस् उसलाई न जाति, धर्म, न ठूलो सानु, न धेरै थोरै केहीको पनि मतलब हुँदैन । उसको लागि सबै समान ।

हर राजनैतिकवादको लक्ष हुन्छ “समानता ” । आर्थिक-समानता, राजनैतिक समानता, न्यायिक-समानता, भावनात्मक-समानता, धार्मिक- समानता, समाजमा कोही भोका नाङ्गा नर हुन । मानसिक रुपबाट कोहीले पनि आफूलाई अपाङ्ग र एक्लो महसुस गर्न नपरोस् । शारीरिक र वैचारिक रुपबाट कसैले पनि आफूलाई असुरक्षित र कुण्ठित सम्झन नपरोस् । मानिसले स्वतन्त्र भएर आफ्नो संसार भोग्न पाओस् ।

तर विडम्बना ! मानवीय सत्ता, पद र अधिकार प्राप्तिको लागि जनभावना विरोधी तानाशाह र निरंकुश शासकको ज्यादती देख्ने राजनैतिक आँखाहरुले व्यभिचारी निरंकुश र तानाशाह जन्माउने संस्कारलाई सुसंस्कृत देख्न थालिनु आफैंमा धर्मान्धताको एउटा अपूर्व लक्षण हो । शायद यो आजको राजनैतिक प्रतिवद्धता विपरीत हो । कार्यगत, सत्यनिष्ठता विपरीत हो । एक पटक छातीमा हात राखेर सोच्नु पर्ने भएको छ ।

०००
‘दैनिक जनमत’, वर्ष ८, अङ्क ५५ – २०४७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x