बद्रीप्रसाद दाहाल ‘भस्मासुर’जन्मिए राष्ट्रवादी !
तिम्रा आदर्श मास्ने कसरत गरिए क्रान्तिले दिन्छ धक्का । तानाशाही प्रणाली मुलुक र जनता बोक्न सक्दैन पक्का ॥

बद्रीप्रसाद दाहाल :
बिर्स्याै आनन्द आफ्ना परिजन कतिका आस उल्लास बिर्स्याै।
सम्झ्यौ नेपाल आमा मुलुक र जनता मुक्ति उल्लास सम्झ्यौ ॥
तानाशाही प्रणाली अरुचिकर भई पूूणर् विद्रोह बोल्यौ ।
छातीमा शस्त्र थापी मुलुक र जनता निम्ति उत्सर्ग रोज्यौ ॥
निस्वार्थी वीर योद्धा भनिकन जनता गर्दछौँ रे प्रणाम ।
योद्धाकै शूरताको प्रतिफल अहिले चल्छ नेपाल नाम ॥
देखायौ राजपन्था मुलुक र जनता बन्न सक्छन् स्वतन्त्र ।
गोली थापेर आफै बलि हुन कसियौ जन्मियो लोकतन्त्र ॥
तिम्रा आदर्श मास्ने कसरत गरिए क्रान्तिले दिन्छ धक्का ।
तानाशाही प्रणाली मुलुक र जनता बोक्न सक्दैन पक्का ॥
हेप्ने चेप्ने र छेक्ने दमन मन लिई क्वै बने राष्ट्रघाती ।
माफी गर्दैन कैल्यै जनमन अब ता जन्मिए राष्ट्रवादी ॥
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































