गर्छिन् गथासाे बज्यै !!!
ठण्डी धप्प बलेर कट्कट भए दाह्रा तथा बङ्गरा । कम्पायाे थररै शरीर पुसले भन्दैन नानी बरा ।। चिन्ता चल्न गयाे मभित्र चुडिँएँ आँखा रसाए हदै । ऐले फेसन कालझैँ किन भयाे ? गर्छिन् गथासाे बज्यै ।।
बद्रीप्रसाद दाहाल :
छाेटा क्या कसिला छ पाइँट सटै, अग्ला त जुत्ता अझ ।
ढाेका झ्याल मनग्य छन् वसनमा, हिँड्नै महा-सङ्कट ।।
भ्वाँङै ठाउँ- कुठाउँमा शरम भाे, टाल्नै नमिल्ने हरे ।
ऐले फेसन एम्बुसै सरह भाे, कस्ताे हुने हाे भरे ? ?
धूलाे व्याप्त हिलाे र काइ ढलले, बाटा भए जाेखिम ।
अग्ला हील अडिन्न चिप्लन गए, कस्ता भयाैँ साेखिन ।।
चस्मा छेक्छ प्रकाश केश फिँजिदा, बाटै अँध्यारा भए ।
लड्लान् फेसनकी परी अकबरी, चिन्ता भयाे हे हरे ।।
ठण्डी धप्प बलेर कट्कट भए दाह्रा तथा बङ्गरा ।
कम्पायाे थररै शरीर पुसले भन्दैन नानी बरा ।।
चिन्ता चल्न गयाे मभित्र चुडिँएँ आँखा रसाए हदै ।
ऐले फेसन कालझैँ किन भयाे ? गर्छिन् गथासाे बज्यै ।।
०००
धादिङ