साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ जमाना

हामीलाई पनि थाहा छ नि कस्ले के के गर्‍या छ भनेर । हामीसँग एक एक हिसाब छ । बढी फुर्ती नलाए हुन्छ ।

Nepal Telecom ad

टीकाराम जोशी :

“आखिर जे भएपनि भवन तयार भो । धन्यवाद छ तपाईंलाई ।” रामबहादुरले श्यामबहादुरलाई भन्यो ।
“मैले माननीयज्यूलाई भनेर बजेट हाल्न नलगाएको भए त बन्ने नै थिएन ।” श्यामबहादुरले छाती चौडा गर्दै भने ।
“त्यो त मेरै पालामा निणर्य भएको कुरा हो नि । तपाईंले भनेर आएको बजेट हो र ।” जितबहादुरले चर्को स्वर लगाए ।
“माननीय दाइलाई मैले आफैँ यहाँ ल्याएको हुँ । तपाईंहरूले भनेर यहाँ आउँछन् दाइ ? ‘लङ्का जलावै हनुमान, पगडी बाँधे ढेडु’ कुरा गर्छन् ।” रामबहादुरले ब्रम्हास्त्र हान्यो ।

दुवैजना मुर्छा परेझैँ भए ।
“हामीलाई पनि थाहा छ नि कस्ले के के गर्‍या छ भनेर । हामीसँग एक एक हिसाब छ । बढी फुर्ती नलाए हुन्छ ।” एकछिनपछि श्यामबहादुर कुर्लिए ।
प्रवेशद्वारमा रहेको उद्घाटनको शिलालेखमा जितबहादुरले हँथौडाले हिर्काउँदै भने ।
“आफ्नै खल्तिबाट बजेट हालेको हो र ?”

०००
इमाडोल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खासखुस

खासखुस

टीकाराम जाेशी
मूल्य

मूल्य

टीकाराम जाेशी
विद्रोह

विद्रोह

टीकाराम जाेशी
सुपारी

सुपारी

टीकाराम जाेशी
स्वतन्त्रता

स्वतन्त्रता

टीकाराम जाेशी
मान्छे

मान्छे

टीकाराम जाेशी
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x